२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितवनमा सामूहिक बलात्कारको आरोपमा पाँच जना पक्राउ

२०७५, ४ भाद्र सोमबार १३:१६

भदौ ४, चितवन । सामूहिक बलात्कारको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज एक सूचना जारी गरी गत साउन ३० गते उनीहरुलाई पक्राउ गरेको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार पक्राउ पर्नेमा गैँडाकोट नगरपालिका–४ बस्ने २१ वर्षीय युवराज सारु मगर, वडा नं २ बस्ने १९ वर्षीय सैन्थील धिमाल, भरतपुर महानगरपालिका–११ बस्ने २० वर्षीय आकाश थापा, भरतपुर महानगरपालिका–२९ बस्ने ३५ वर्षीय अर्जुन बिक र १७ वर्षीय युवक रहेका छन् । उनीहरुले प्यूठान जिल्ला घर भई भरतपुर आफन्तकामा बसेर काम गर्दै आएकी किशोरीमाथि साउन ३० गते भरतपुर महानगरपालिका–११ बसेनीमा रहेको डिएसएम मिनरल वाटर कम्पनीमा लगी सामूहिक बलत्कार गरेको आरोप लागेको छ । 

उनीहरुले बालकसँग सामान्य चिनजान भएकी उनलाई दिउँसो ३ बजे नारायणगढको पुल्चोक पु¥याइदिने भन्दै म्याजिकमा लगेका थिए । म्याजिकका सहचालक र म्याजिक चालक आकाश थापाले दिनभर अनेक बहाना बनाई साथमा नै लिएर हिँडेको प्रहरीले जनाएको छ । दिनभरसँगै लगेपछि रातको समयमा किशोरीलाई मिनरल वाटर कम्पनीमा लगी मादकपदार्थ सेवन गराई सामूहिक रुपमा बलात्कार गरेको जाहेरीमा उल्लेख छ । 

बालिकाको प्रारम्भिक अनुसन्धान र जाहेरी हेर्दा पाँच युवाको संलग्नता देखिए पनि विस्तृत अनुसन्धानपछि मात्र थप पुष्टि हुने आचार्यले बताउनुभयो । उनीहरुलाई पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण