२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

‘प्रहरीले भाग्न भन्यो, अनि सीधै छातीमा गोली ठोक्यो’: राखी बाँध्ने सपना अधुरै

१० भाद्र २०७५, आईतवार ०२:१३

भदौ १०, कञ्चनपुर । शुक्रबार दिउँसो ३ बजे भीमदत्त नगरपालिका १८ भगतपुर शुभकामना टोलका साथी उमेश खुनाका साथी सन्नी खुना काम गरेबापतको आफूले पाउनुपर्ने पैसा माग्न भनी निस्किए । 

उनीहरु बाटोभरि रक्षाबन्धनमा दिदीहरुसँग राखी बाँधी माग्ने र उनीहरुलाई मिठा परिकार खुवाउने कुरा गर्दै ठेकेदारकहाँ पुगे उमेश र सन्नी घरमा मार्बल बिछ्याउने मिस्त्रीको हेल्परका रुपमा काम गर्थे । 

ठेकेदारको घरमा उनलाई नभेटेपछि बजार हुँदै घर फर्कँदै गर्दा ट्राफिक चोक नजिकै घरको छतमा बसेका ८/१० जना प्रहरीले उनीहरुलाई गाली गर्दै भाग्न भने । आजको नागरिकको पृष्ठ ४ मा यो समाचार छापिएको छ । 

'भाग्दै गर्दा प्रहरीले गोली हान्यो ।' सन्नीसँगै रहेका उमेशले भने, 'सन्नीले अंकल हामी आन्दोलनकारी होइनौं, हामीलाई केही नगर्नुस् भन्दै थियो ।' अनुनय गर्दागर्दै दुइजना बन्दुकधारी प्रहरीमध्ये एउटाले गोली चलाएको उनले बताए । 

सन्नी ढलेपछि आफू भने डरले भागेको उनले बताए । उमेशले भने, 'प्रहरीले गाली गर्दै तैं होस् ढुंगा हान्ने भनेर सीधैं छातीमा गोली ठोक्यो ।' सन्नी र उमेश मिल्ने साथी हुन् । 

सन्नी रक्षाबन्धनमा दिदीबहिनीका लागि मिठोमसिनो खुवाउन भन्दै ठेकेदारसँग काम गरेबापतको पैसा माग्न जान्छु भनेर घरबाट निस्किएको बुवा वीरबहादुर बताए । उनले भने, 'श्रम गरेको पैसा माग्न गएको छोराको बेलुकी लास देख्नुपर्यो ।' 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा