कन्चन्पुरमा केहिबेर कर्फ्यु हटाएपछि स्थानीयलाई राहत पुनः सकस

Posted on: 26 Aug, 2018

भास्कर के.सी | भदौ १०, कञ्चनपुर | निर्मला पन्तको बलात्कार पछि हत्या भएको विरोधमा साउन ११ गते देखि चलिआएको आन्दोलनले भदौ ७ गते उग्ररुप लिएपछि बेलुका ५ बजे देखि विहान ५ बजे सम्म कर्फ्यु लगाएको थियो ।

त्यसै गरी भदौ ८ गते बेलुका ८ बजे देखि लागको कर्फ्यु १० गते विहान ५ बजे सम्म लागेको र ५ बजे देखि विहान १० बजे सम्म केहिबेरको लागि कर्फ्यु हटे पश्चात कञ्चनपुरको भीमदत्त नगरपालिकामा चहल पहल बढेको थियो । बजारमा अति आवश्यक समान किन्ने र दुर दराज जाने यात्रीको चहल पहल थियो भने आज जनै पुर्णिमा र रक्षाबन्धन जस्तो पवित्र पर्व मनाउने हिन्दु धर्माम्वलीहरुको पनि राखी फलफुल बेच्ने र किन्नेको मेला जस्तै लागेको थियो । 

दुई दिन लगातारको कर्फ्यु बाट केही बेर राहत पाएपछि आफुलाई चाहिने अति आवश्यक सामनको जोहो गर्न लागेको र आजै जनै पुर्णिमा र रक्षाबन्धन भएकोले त्यसको लागि चाहिने सामग्री पनि किन्न आएको एक जना स्थानीयले बताए । विहान १० बजे देखि पुनः कफ्यु लाग्ने र उच्च स्तरीय संयन्त्रको बैठक बसी त्यसलाई थप गर्ने कि हटाउने भन्ने निर्णय पछि मात्र जानकारी गराइने भएकोले अर्को आदेश नआउन्जेल विहान १० बजे देखि कर्फ्यु लाग्ने प्रहरी उपरीक्षक कुवेर कडायतले बताउनु भयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!