२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कन्चन्पुरमा केहिबेर कर्फ्यु हटाएपछि स्थानीयलाई राहत पुनः सकस

२०७५, १० भाद्र आईतवार ०६:२३

भास्कर के.सी | भदौ १०, कञ्चनपुर | निर्मला पन्तको बलात्कार पछि हत्या भएको विरोधमा साउन ११ गते देखि चलिआएको आन्दोलनले भदौ ७ गते उग्ररुप लिएपछि बेलुका ५ बजे देखि विहान ५ बजे सम्म कर्फ्यु लगाएको थियो ।

त्यसै गरी भदौ ८ गते बेलुका ८ बजे देखि लागको कर्फ्यु १० गते विहान ५ बजे सम्म लागेको र ५ बजे देखि विहान १० बजे सम्म केहिबेरको लागि कर्फ्यु हटे पश्चात कञ्चनपुरको भीमदत्त नगरपालिकामा चहल पहल बढेको थियो । बजारमा अति आवश्यक समान किन्ने र दुर दराज जाने यात्रीको चहल पहल थियो भने आज जनै पुर्णिमा र रक्षाबन्धन जस्तो पवित्र पर्व मनाउने हिन्दु धर्माम्वलीहरुको पनि राखी फलफुल बेच्ने र किन्नेको मेला जस्तै लागेको थियो । 

दुई दिन लगातारको कर्फ्यु बाट केही बेर राहत पाएपछि आफुलाई चाहिने अति आवश्यक सामनको जोहो गर्न लागेको र आजै जनै पुर्णिमा र रक्षाबन्धन भएकोले त्यसको लागि चाहिने सामग्री पनि किन्न आएको एक जना स्थानीयले बताए । विहान १० बजे देखि पुनः कफ्यु लाग्ने र उच्च स्तरीय संयन्त्रको बैठक बसी त्यसलाई थप गर्ने कि हटाउने भन्ने निर्णय पछि मात्र जानकारी गराइने भएकोले अर्को आदेश नआउन्जेल विहान १० बजे देखि कर्फ्यु लाग्ने प्रहरी उपरीक्षक कुवेर कडायतले बताउनु भयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस