कंचनपुर घटना: प्रदेश मन्त्री र सांसदद्वारा स्थलगत अनुगमन

Posted on: 26 Aug, 2018

भास्कर के.सी | भदौ १०, कञ्चनपुर | कंचनपुर घटनाको प्रदेश मन्त्री र सांसदद्वारा स्थलगत अनुगमन भएको छ । 

प्रदेश सरकारको तर्फबाट गृह मन्त्रालयका सन्देश बोकी कानुन तथा मामिला मन्त्रि प्रकाश शाह सहित प्रतिनिधि सभा संसद लेखराज भट्ट, डा.दिपक प्रकाश भट्ट, नर बहादुर धामी, लगायत प्रदेश सभा सदस्य तारा लामा तामाङ्ग, प्रकाश रावल, लाल बहादुर थापा, र मान बहादुर सुनार  लगायतको टोलीले स्थलगत अनुगमन गरेको हो ।


स्थलगत अनुगमनका क्रममा बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको घरमा पुगी उनका आमा बुवालाई भेटी अपराधीलाई कुनै पनि हालतमा नछोडने, जुन सुकै भिआईपी भएपनि कानुनको दायरामा लाई कडा भन्दा कडा सजाय दिलाउन आफुहरु शुरु देखि यो घटनालाईको बारेमा विभिन्न पक्षलाई दवाव दिदै आएको प्रदेश मन्त्री र सांसदहरुले बताएका छन् । उनिअरुले आन्दोलनका क्रममा ज्यान गुमाएका सन्नि खुना लगायत दुवै पिडित परिवारलाई राहत स्वरुप केन्द्रिय सरकारकाले १० लाख, प्रदेश नं. ७ को तर्फ बाट ५ लाख र भीमदत्त नगरपालिकाको तर्फबाट ३ लाख दिने निर्णय भएको जनाएका छन् । 

सरकारले आन्दोलनको क्रममा प्रहरीको गोली लागि ज्यान गुमाएका सन्नि खुनालाई नेपाल सरकारले सहिद घोषणा गर्ने निर्णय गरिसकेको छ । 


आन्दोलनले उग्र रुप लिएपछि लगाएको कफर्यु आज बेलुका ६ बजे देखि राति १० बजे सम्म हटाईको छ भने भोलि विहान ५ बजे देखि दिउसो १२ बजे सम्म हटाएको छ । भोली दिउसो १२ बजे देखि कफर्यु अर्को आदेश नहुन्जेल सम्म यथावत रहने छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!