जब श्रीमान् परदेश र श्रीमती घरदेश भइन्...

Posted on: 27 Aug, 2018

प्रेम सुनार । भदौं–११, बुटवल।  बिदेश गयो कि श्रीमतिका नाममा बुटवलतिर घडेरी किन्दै बसाई सराई गर्ने पुरुषहरु मध्येका कतिपय पुरुषहरु  ‘बेहाल भयो जिन्दगी यो त्यही मोरीका भरमा परी.... ’ भन्ने बोलको गित गुनगुनाउने भएका छन ।

माथी उल्लेखित शिर्षक सबैमा लागु त नहोला तर त्यहाँ श्रीमतिका नाममा घडेरी किनेर बसाई सराई गर्ने मध्ये केहि प्रतिशत  पुरुषको हालत त्यस्तै भएको पाईएको छ । बिदेशबाट आई बिबाह गरे लगत्तै सुरुमा बेहुलीलाई बुटवलमा डेरा गरी राखेका गुल्मी सत्यवतीका एक पुरुषकी श्रीमति पछि माईती छेउँका एक पुरुष संगको लसपसमा परिन ।

यहाँ सम्मकी घर आउँदा साथ मै रहेको श्रीमानलाई छलेर मध्ये रातमा उनै परपुरुषलाई शौचालयमा बोलाईन । किचनमा नआउनु के भाँडा बज्छन । ट्वाईलटमा आउनु के म निस्कन्छु । फोनमा त्यो कुराकानीको अडियो रेकर्ड प्रहरीमा सुनाउँदा पनि ति पुरुषले उल्टै ६ लाख रुपैयाँ तिरेर सम्वन्ध विच्छेद गर्न बाध्य हुनु परेको थियो ।

गुल्मी ईस्माकै अर्का पुरुष श्रीमति बाबु आमासंग नमिले पछि बाबु आमालाई रुहाएर श्रीमतिको कुरा सुन्दै पुर्खेयौली सम्पत्ती बेचेर बुटवल मै  घडेरी किने । पसल पनि किने । तर श्रीमतिले भित्र भित्रै घडेरी पनि बेचिन । पसल पनि बेचिन  र उल्टै जिल्ला अदालत गुल्मीमा सम्वन्ध विच्छेदको मुद्धा हाल्न आईन । यो मुलुकी संहिता  लागु नहुनु अघिको कुरा हो ।

साँझ परेपछि अर्धनग्न जस्तै पहिरनमा निस्केका केहि महिलाहरु आफु  सन्तानकी आमा भए पनि १६ बर्षे ठिटी भन्दा पनि अझ उन्मत्त हुँदै डिस्को हल भित्र औंलामा चिरोटको ठुटो , हातमा वियर र अन्य मदिराको गिलाँसमा भेटिन्छन । आखिर नेपाली समाज भित्रका कसै न कसैका श्रीमति, छोरी र बुहारी त हुन नै उनिहरु ।

तर यो समाजका छोरी बुहारी र कसैका श्रीमति हुन भनेर सम्वोधन गर्न नसुहाउने हर्कतमा  देखिन्न उनिहरु । लाग्छ उनिहरु कुनै छाडा युरोपियन मुलुकक हुन । बुटवल भित्र एउटा युरोप छ जहाँ जस्तो हर्कत गर्दा पनि ‘नथिङ्ग र सिप्पल’ भनिन्छ ।

मध्येरात सम्म तमासा हुने त्यस्ता रेष्टुरेण्टहरुमा दिउँसो औपचारिक कार्यक्रमा त्यस्ता विकृति बिसंगतिको अन्त्य गर्नु पर्छ भन्दै भाषण गर्नेहरु देखि लिएर कार्बाही गर्ने निकाय कै केहि मान्छे पनि त्यही बातवरणसंग घुलमिल भएको अवस्थामा भेटिन्छन ।

‘पैसा फेंक तमासा देख’ लाई स्वीकार गर्नेहरु भन्दा बाहेकको ब्यक्ति त्यहाँ चुँ गर्यो कि उ रामधुलाईमा पर्यो भनेर जाने हुन्छ । एकधरी गुण्डाहरु  रामधुलाईको डिउँटीमा स्टाण्डबाई रहेका हुन्छन । त्यहाँ कुनै कुरा बिराएर कोही पिटियो भने त्यसको सुरुक्षा दिने कुनै सुरक्षा निकायको मान्छे हुँदैन । गेट बाहिर केहि प्रहरीहरु देखिन्छन ।

खै उनिहरु किन भित्रको अबस्थाबारे निगरानी बढाउँदैनन ? के छ रहस्य ? मध्ये रातसम्म त्यस्तो हर्कत गर्न किन खुल्लाम खुल्ला छ ?  कसको संरक्षणमा ?   बढो चिन्तनको बिषय छ । हत्या हिसां र बलात्कारका घटनाले देशैभरका सर्वसाधरण आन्दोलित भई रहेको बेला प्रदेश सरकारको राजाधानी भई रहेको यो स्थानमा यस्तो बिकृति भई रहेको बेला यहाँका मन्त्रीहरु किन यसबारे बोल्दैनन ? के बुटवल ‘ रेडलाईन’ स्वीकृत पाएको थलो हो ?

बिदेश रहेका पुरुषको श्रीमति हो भने कोच तिनलाई समातेर ।  खाडीको तातो घाम खाएर श्रीमानले कमाएर पठाएको छ पैसा । यता डिस्कोमा छाडा भएर मात्तिने उ अवैध कार्य गरी रहेको छ अब छुट दिन हुन्न । त्यस्तै पुरुष पनि त्यही नजिकै घरमा श्रीमतिलाई राती अबेर सम्म भोकै रखाएर डिस्कोमा अरु संग मात्तिन्छ भने तह लगाउ ।  

भदौ–१ म संहिता लागु भएको दिन देखि त्यस्तै हर्कातबाट पिडित भएका महिला र पुरुषहरुको पिडा सञ्चार माध्यममा समेत छर्पष्ट हुन थालेका छन । ति मध्ये कतिपयको नाम विवरण गोप्य राख्नु पर्ने अबस्था छ ।  ५०  लाखको घर किनेर राखी दिएकी श्रीमतिले घर बेचेर उहि पुरुषको साथीसंग त्यो पनि सौता माथी बिबाह गरेको घटनाले यति बेला ५ नम्वर प्रदेशका केहि जिल्लामा  निकै सनसनी फैलिएको छ ।

पहिलो श्रीमान बिदेश छन   उनका । यता उनका नावालिका खास मेरो बाबु को हो ? भन्ने अबस्थामा छन । एक्लो र स्वतन्त्रता भन्दैमा जे गरे पनि हुने ?  आफ्नो जस्तै अरुको पनि जिन्दगी होईन ? बिदेशमा दुख  गरेर कमाएको छ । श्रीमतिले घर ब्यबहार चलाउँली , जोरजाम गर्लि भन्ने कुरामा ढुक्क हुँदै पैसा पठाउँछ ।

त्यस्तो पैसामा मस्ती गर्ने ?  छोरा छोरी रातमा एक्लै कोठामा छाडेर डिस्को जाने ? लाज लाग्दैन ? यस्ता प्रश्न उठाउनेहरु पनि धेरै छन यसै शहर बुटवलमा । केहि महिना अघि  त्यस्तै पारा कि श्रीमतिलाई उल्टै दश लाख तिरेर सम्वन्ध विच्छेद  गरेका अर्घाखाँचीका एक पुरुष भन्छन मैले बिहे गरेर श्रीमति बुटवल डेरा गरी राख्नु नै भुल थियो । राम्रो खानदानकी सोझी केटी थिई । त्यो त्यस्तो हर्कतमा लाग्ली भनेर त सोचेकै थिईन , उसलाई संगतले बिगार्यो होला ।

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर ८ वामी पुरानो गाउँका मेघनाथ सापकोटा आज जिल्ला अदालत गुल्मी आउँदै छन । उनले फोनमा पत्नी पिडितको पिडा यसरी सुनाए–‘ आज भन्दा दुई बर्ष अघि ५ लाख भन्दा बढि खर्च गरेर बिबाह गरेको हुँ । बिबाहको तिन महिना सम्म उनि घर बसीन । म  कतार उडे । त्यस पछि उनि बुटवलमा गएर बसीन ।

पछि म उनको माईतीमा लिन गएँ । तँ संग बस्दीन भनिन । अहिले न सम्वन्ध बिच्छेद दिन मान्छिन न त घर गर्नै नै आउँछिन ।

नयाँ कानुन आयो रे भन्ने सुने पछि तपाईलाई फोन गरेको हुँ । हामीले बुझे जतिको परामर्श दिए पछि उनि गुल्मी अदालतमा आउन लागेका हुन । उनि जस्ता थुप्रै पत्नी पिडित पुरुषको यसरी नै ब्याप्त फोन आउने गरेको छ । अधिकांसले श्रीमति बुटवल र भैरहवमा राखेको बताउँ छन । कतिपयले आफ्नै जिल्लाको सदरमुकाम राखेको बताउँछन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!