2026-08-31 11:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ३ को ट्राफिक कार्यालय भरतपुरमा

भदौ १२, चितवन (रासस) | प्रदेश नं ३ को ट्राफिक प्रहरी कार्यालय भरतपुरमा रहने भएको छ । 

भरतपुर महानगरपालिका–१ रामनगरमा कार्यालय स्थापना गरिने प्रहरी उपरीक्षक नवीराज राईले जानकारी दिनुभयो । एक सातापछि कार्यालय सञ्चालनमा आउने छ । उक्त कार्यालयले उपत्यकाका तीन जिल्ला बाहेक प्रदेशका सबै जिल्ला हेर्ने छ । क्षेत्रगत विभाजन हुँदा यस क्षेत्रको कार्यालय बाराको पथलैयामा रहेको थियो । सो ठाउँ प्रदेश नं २ मा परेपछि प्रदेश नं ३ को ट्राफिक कार्यालय यहाँ राखिएको हो । 

“मुग्लिनमा कार्यालय राख्ने तय भएपनि भवन अभावका कारण भरतपुरमा सारिएको हो,” प्रहरी उपरीक्षक राईले भन्नुभयो । उक्त कार्यालयमा ३६ जनाको दरबन्दी रहेको छ । चितवन उपत्यकाबाहिर सबैभन्दा बढी सवारी आवागमन हुने क्षेत्र हो । सडक सञ्जाल, राजधानीसँगको निकटता तथा भौगोलिक अवस्थालाई हेरेर प्रदेश कार्यालय यहाँ राखिएको हो । 

कर्मचारी पक्राउ 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । विद्युत् प्राधिकरण कार्यालयका कार्यालय सहायक कृष्णबहादुर सुवेदीलाई भरतपुर महानगरपालिका–७ स्थित जीवन ज्योति मिनलरवाटर एण्ड बेबरेज प्रालिबाट रु २० हजार बुझ्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला