२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाजुद्धारा वहिनी बलात्कृत, यस्तो छ नालिबेली

२०७५, १४ भाद्र बिहीबार १०:५१

प्रेम सुनार | भदौ–१४, गुल्मी । गत महिना पाल्पाको  तिनाउँ–५, चर्चरेको जंगलमा दाजुद्धारा बहिनी बलात्कृत भएको भनिएको घटनाका पछाडी पछिल्लो चरण केहि चर्चाहरु पनि चल्न थालेका छन । ति बलात्कृत भनिएकी युवतीका नजिकका आफन्तसंग बुझ्दा उनि आफु खुसी भागी विवाह गरेर गुल्मीबाटै गुल्मीको कुर्घा पुगेकी थिईन । केहि दिनपछि थाह पाएर ठुलो संख्यामा त्यहाँ पुगेका दाजु भाईहरुले जवरजस्ती छुटाएर त्यहाँबाट हिडालेका थिए ।

बिच बाटोमा आई उनका सहोदर दाजुहरुले माईती तर्फ फर्काउन खोज्दा अर्का काकाका छोरा दाजुले बुटवल उसको दिदी कहाँ लगेर केहि दिन राखौं भनेर ढिपी गरे । त्यसो भए हामी सवै जनाले लगेर बुटवल छोडौन त भने अरुले । जुन अहिले वलात्कार अभियोगमा पाल्पा जिल्ला कारागारमा पुर्वक्षका लागि थुनामा छन उनले पर्दैन, सवै जान, के जन्ती जानेहरु र ?  भन्दै आफु एक्लैले मोटर साईकलमा लगेर साउन ७ गते त्यस तर्फ हिडाले ।

ति युवतीले परिवारलाई बताए अनुसार निज दाजुले पाल्पादेखि  बुटवल  पुग्ने बेलासम्म  विचमा मदिरा सेवन गर्ने, वहिनीलाई पनि जवरजस्ती पिउन लगाउने गरे र,  सडक छेउँका जंगल जंगलमा रोक्दै  दुई तिन पटक वलात्कार गरे ।  राती करिव ११ वजेको समयमा बुटवलको दिपनगरका रहेकी उनकी दिदीकहाँ उनिहरु दुवै जना पुगे ।

ति दाजु भनाउँदा रातको २ वजे सम्म पनि पुनः वलात्कार गर्ने मनसायका साथ भित्र सुतेकी वहिनीको  ढोका वाहिर उभिएर ढोका हानी रहे । राती नै पख तलाई जेल हाल्नै पर्यो भन्ने आवज वहिनीबाट आयो ।दिदीसंग ति दाजुले गरेका सवै हर्कतहरु खोलिन ।

अर्को दिन पाल्पा पुगेर  जिल्ला प्रहरी कार्यालय मार्फत ति वहिनीले दाजु विरुद्ध जवरजस्ती करणीको मुद्धा दिईन । प्रहरीले वहिनीको गोपनियता समेत खुल्ने हुँदा बलात्कार आरोपी ति पुरुषको समेत नाम र नजिकको ठेगाना गोप्य राखेको छ ।

 यस सम्वन्धमा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी विनोद घिमिरेले निज आरोपीलाई पुर्पक्षका लागि अदालतले थुनामा पठाएको जानकारी दिए । उनले भने–‘ हामीले नाम विवरण गोप्य राखेका छौं । ३४ बर्षिय ति पुरुषले १७ बर्षिया ति युवतीलाई चर्चरेमा वलात्कार गरेको भन्ने जाहेरीमा उल्लेख छ ।

कतै विवाहित जोडीबाट छुटाएको रिस त थिएन ?

ति आरोपी दाजु सवै संग मिलानसार ब्यक्ति हुन । राम्रौ व्यवसाय गर्दथे । ति युवती काकाकी छोरी हुन । ति पुरुषको घरमा श्रीमति छोरा छोरी छन । राजनैतिकर्मी समेत थिए । उनका आफन्तजनको आरोप छ उसलाई फँसाईयो । आफुले मन पराएर गएको प्रेमीबाट छुटाईएको आक्रोष कतै यस घटनामा  पोखियो कि ?  भन्ने चिन्ता र चासो बोक्दै परिवारजन यति वेला अधिकारकर्मीहरु विच दौडधुपमा छन । तर   युवतीका दाजुले त्यस्तो कदापी हुन नसक्ने बताउँ छन ।

उनले भने –‘उनिहरु हिडे देखि हामीले पटक पटक फोन सम्पर्क गरिरहेका थियौ । कति वेला फोन बन्द हुन्छ त कति वेला खुल्छ । फोनमा उसले बोलेका कुरा र गाउँमा उसका यस  अघिका हर्कत पनि बुझ्दा हुन्छ ।   उनिहरुले भने जस्तो फँसाउन होईन । बहिनी पिडित भएरै हो ।  वहिनीको जिन्दगी विगारी दियो । पैसाको प्रलोभन पनि देखाईएको थियो । तर वहिनीको जिन्दगी भन्दा ठुलो हामीलाई  पैसा होईन । कानुन अनुसार कडा सजाएँ होस् । ’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस