२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितवनको माडीमा मान्छे मार्ने बाघ निकुन्जको नियन्त्रणमा

२०७५, १४ भाद्र बिहीबार १६:२९

भदौ १४, रत्ननगर (रासस) | दक्षिण चितवनको माडीमा मान्छे मार्ने बाघलाई चितवन राष्ट्रिय निकुञ्जले आज नियन्त्रणमा लिएको छ । 

बाघलाई डाटगनमार्फत् बेहोस बनाउने औषधि प्रयोग गरेर नियन्त्रणमा लिइएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिनुभयो । 

यही भदौ ७ गते वस्तु चराउन गएका बेला माडी नगरपालिका–९ स्थित गोविन्दबस्तीका ५६ वर्षीय जितबहादुर राईलाई आक्रमण गरेर मारेको बाघलाई आज साँझ ६ः४२ बजे नियन्त्रणमा लिइएको हो । अन्दाजी १० वर्षको भाले बाघलाई निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेको नेतृत्वको टोलीले नियन्त्रणमा लिएको थियो । बिहानदेखिको ठूलो कसरतपछि मात्र बाघ समातिएको डा गैरेले बताउनुभयो । 

छ वटा हात्तीको प्रयोग गरेर विगत पाँच दिनदेखिको प्रयासमा बाघ समातिएको हो । यसअघि बाघ नियन्त्रणमा ल्याउन पाडो राखेको भए पनि पाडो खाइसक्दा समेत समाउन सकिएको थिएन । बाघलाई चितवन निकुञ्जको खोरमा ल्याएर राखिनेछ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण