२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

निर्मला हत्या प्रकरण: छानविन समितीले निकाल्यो यस्तो निष्कर्ष

२२ भाद्र २०७५, शुक्रबार ११:११

भदौ २२, कञ्चनपुर । निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानमा प्रहरीलको लापरवाही रहेको उच्चस्तरीय छानविन समितिका टोलीले निष्कर्ष निकालेका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गरी समितिका संयोजक हरिप्रसाद मैनालीले निर्मलाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धानको मुख्य पाटोलाई छोडेर लापरबाही गरेको बताए । अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीहरुबाट गर्नुपर्ने काम नगरेको र गर्न नहुने काम गरेको पनि देखियो उनले भने ।

प्रहरीले घटनाको शंकास्पद पाटोलाई बेवास्ता गर्दा आन्दोलनले गम्भीर रुप लिएको छानविन समितिको निश्कर्ष छ । कञ्चनपुरमा बिना कारण आन्दोलन नभएको भन्दै उनले भने, ‘हिजोको त्यो अवस्था त्यसै आएको होइन । त्यसमा प्रहरीको त्रुटी देखिएको छ ।’

अनुसन्धानका क्रममा भेटिएका तथ्यहरु नयाँ अनुसन्धान टोलीलाई दिएको उनले सुनाए ।

उनका अनुसार तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको कमजोरी देखिएकाले निलम्बन गरिएको हो । ‘सबै घटनाको सुक्ष्म अध्ययन गर्दा प्रहरीको कमजोरी देखिएकाले तत्काल प्रहरी प्रमुखलाई निलम्बन गर्न सिफारिस गरेका हौं’ छानविन समितिका संयोजक मैनालीले भने, ‘अनुसन्धानमा खटिएका प्रहरीहरुसँग सोधपुछ हुन्छ ।’

अनुसन्धानमा खटिएका अन्य प्रहरीको पनि त्रुटी भेटिए कारबाहीका लागि सिफारिस गर्ने उनले बताए । हत्याको विरोधमा भएको आन्दोलनमा समेत बढी बल प्रयोग भएको छानविन समितिको निष्कर्ष छ ।

समितिको म्याद आजै सकिने भए पनि ३/४ दिनभित्र प्रतिवेदन तयार पारेर गृह मन्त्रालयमा बुझाउने तयारी टोलीले गरेको छ ।

१३ वर्षीया बालिका निर्मलाको १० साउनमा बलात्कारपछि हत्या भएको थियो । उनको शव भोलिपल्ट विहान उखुबारीमा फालिएको अवस्थामा भेटिएको थियो ।

घटनाको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनुसन्धान गरिरहेको छ । तर, प्रहरीको प्रभावकारी अनुसन्धान नगरेको भन्दै आन्दोलन चर्कियो । आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर एक बालकको मृत्यु भएपछि सरकारले छानविन समिति बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो