२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खुल्ला कारगार नीतिः श्रम गरेर पनि सजाएँ भुक्तानी हुने

२०७५, २६ भाद्र मंगलवार १३:३४

प्रेम सुनार | भदौ २६, गुल्मी | भदौ १ गते देखि लागु भएको मुलुकी अपराध संहिता र मुलुकी देवानी संहिता भित्र अरु केहि नयाँ र सबैलाई जिम्मेवार बनाउने ऐनहरु पनि रहेका छन । त्यस मध्ये कैदीहरुलाई खुल्ला कारागार बनाईने र श्रम शिविरमा राखेर कैद भुक्तानी गराईने भएको छ ।

आज एकिकृत ग्रामिण बिकास समाज गुल्मीले यहाँ पत्रकार र अन्य सरोकारवालाहरुलाई मुलुकी संहिताबारे सु–सुचित पार्न आयोजना गरिएको अन्तरकृया कार्यक्रममा जिल्ला न्यायाधिबक्ता रामचन्द्र उपाध्याय घिमिरेले यस्तो जानकारी दिएका हुन ।

‘कुल अवधीको दुई तिहाई कैद भुक्तानी भई सकेका र आचरण राम्रो भएका कैदीहरुलाई श्रम शिविरमा राखेर उत्पादनशिल कार्यमा लगाईने छ , उनले भने–‘सरकारले कार्यन्वयन गर्न बाँकी छ ।  खुल्ला कारागार र श्रमशिविरलाई आबश्यक भौतिक संरचना निर्माण , आबश्यक कर्मचारी र उत्पादनशिल कार्यको नीति सरकारले बनाए पछि खुल्ला कारागार कार्यन्वन हुनेछ ।’

त्यस्तै  एक बर्ष भन्दा तल कैद सजायको फैसला भएकाहरुकालाई बाहिर निस्केर दिनभरी पढ्न पाउने र साँझ कारागारमा जानु पर्ने ,  हाल सम्म बाबु आमा वा श्रीमान र श्रीमतिको मृत्यु हुदा बन्दीहरुले कारागार भित्र पनि काज–किरिया गर्न नपाएकोमा अब उनिहरुलाई काज किरिया गर्न  प्रहरीको निगरानी सहित घर पठाईने अपराध संहितामा रहेको जानकारी पनि घिमिरेले गराए ।


घिमेरेका अनुसार देवानी मुद्धाहरुमा भदौ १ अघि सम्म पिडकलाई कैद सजाय मात्र बढि हुन्थ्यो अब सजाएँ सहित पिडितलाई क्षतिपुर्ती पनि अनिवार्य दिलाईने भएको छ । १२ बर्ष सम्म कुनै बेपत्ता ब्यक्ति परिवारको सम्पर्कमा नआए उसलाई मृत्यु  दिईने भएको छ ।

सेनाको युद्ध समाप्त भएको चार बर्षसम्म बेपत्ता सैनिक सम्पर्कमा नआए उसलाई पनि मृतक घोषणा गरिने भएको छ । हवाई जहाज दुर्घटनामा परी बेपत्ता भएको ब्यक्ति तिन बर्ष नाघे पछि मृतक घोषणाा गरिने छ ।

नैतिक पतन देखि फौजदारी सजायँ भोगेको ब्यक्तिले उक्त कुरा नबताई ढाँटेर बिबाह गरेको पाईए उक्त बिबाह स्वतः बदर हुनेछ । बिबाह गरेको ६ महिना अर्थात १ सय ८० दिन भित्रमा महिला सुत्केरी भएको खण्डमा ति सन्तान विवाहित पुरुषको मानिने छैन ।

सन्तान २१ बर्ष पुरा गरेका, बिबाह गरेका, रोजगार प्राप्तहरुलाई बाबु आमाबाट छोरा छोरी प्रति जिम्मेवारी र दायित्व संयुक्त हुनेछ । कार्यक्रममा  आयोजक संस्थाकी  परियोजना संयोजक हिरा कुँवरले आज विभिन्न संघ संस्थाहरुले जताततै तिज गित नाच गरिरहेका बेला नयाँ संहिता बारे सञ्चारकर्मी र अन्य सरोकारवालाहरुलाई सु–सुचित गराउने कार्यक्रम राख्न उपयुक्त ठानेर यस्तो कार्यक्रमको आयोजना गरिएको बताईन ।

सो संस्थाका प्रबन्ध निर्देशक कृष्ण बिश्वकर्माले मुलुकी संहिता सञ्चारकर्मीहरु मार्फत जनस्तर सम्म पुराउने उद्देश्य रहेकोले प्रत्येक बुँदा प्राय हरेक दिन सम्प्रेषण गरी दिन आग्रह गरे । संस्थाका अध्यक्ष हिरा एसीले प्रत्येक स्थानिय तह सम्म पुगेर मुलुकी संहिताबारे सु–सुचित गर्ने लक्ष्य रहेको बताए । जिल्ला न्यायधिबक्ता घिमिरेले आफु जनस्तर सम्म जान तयार रहेको स्पष्ट पारे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस