२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

गृहमन्त्रीसंगको छलफल पछी निर्मला पन्त हत्या छानबिनमा फर्किए केसी

२७ भाद्र २०७५, बुधबार ०९:०३

भदौ २७, काठमाडौं । निर्मला पन्तको हत्या छानबिन गर्न गठित सरकारी छानबिन टोलीबाट राजीनामा दिएका उपसचिव वीरेन्द्रबहादुर केसी छानबिन समितिमा फर्किएका छन् ।

गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमुकमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगको छलफपछि उनी पुन: छानवीन समितिमै फर्किएका हुन् ।

निर्मला पन्त हत्याको घटना छानबिन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा केसी प्रदेश ७ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको तर्फबाट सदस्य थिए । 


‘…छानबिन समितिको म्याद थप लगायतका विषयमा मेरो विमती रही छानबिन समितिको जिमेवारीबाट अलग हुने प्रारम्भिक निर्णय गरेकोमा मिति २०७५/०५/२७ गते गृह मन्त्रालय, उच्च स्तरीय छानबिन समितिका संयोजकसहित भएको छलफलबाट घटनाको सन्दर्भमा मन्त्रालय र मेरो समेत वास्तविक दोषी पत्ता लगाई कारबाहीको दायरामा ल्याउने उद्देश्य नै रहेको एकमत भएकाले राष्ट्रसेवकको रुपमा मलाई प्राप्त अवसर तथा कार्य जिम्मेवारीबाट अलग रहे भन्दा थप भएको कार्य अवधिमा छानबिन कार्यलाई पुन: संलग्न रही निष्पक्ष रुपमा छानबिन गरी योगदान गर्न सके निर्मला पन्तप्रति न्याय हुने ठहर गर्दै सरकारले सुम्पिएको महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नु प्रत्येक राष्ट्रसेवकको अनिवार्य कर्तव्य भएको बोध गरी स्वेच्छापूर्वक आज मिति २०७५/०५/२७ गतेदेखि समितिमा यथावत रही छानबिन कार्यमा संलग्न रहने व्यहोरा जानकारी गराउँदछु’ केसीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो