२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

देवरानी – जेठानीको झगडाले शिशुको मुखमा एसिड, ६ महिले बालकको मृत्यु

२०७५, ५ आश्विन शुक्रबार ०१:१३

असोज ५, अछाम । तुर्माखाद गाउँपालिका ४ चिसीका ६ महिने मुस्कान बयकको मुखमा एसिड छ्यापिएको घटना पािरिवारिक कलहकै कारण भएको खुलेको छ । 

उनकी २१ बर्षीया काकी जानकी बयकले प्रहरीसमक्ष पारिवारिक कलहकै कारण आफैंले एसिड छ्यापेको स्वीकारेकी छन् । 

मृतककी आमा र जानकी घरका जेठानी देवरानी हुन् भने माइतिघरका सहोदर दिदीबहिनी पनि हुन् । मुस्कानका बुबा महावीरले बेलाबेला झगडा पर्ने गरेको बताए । 

'मेरो छोरो गर्भमा हुँदा जानकीले छोरो जन्मिए ज्युँदो नराख्ने धम्की दिएकी थिइन् । उनले भने, मेरो श्रीमतिले उनलाई २ सय ५० रुपैयाँ तिर्नुपर्ने थियो । पैसा तिर्न आलि ढिलो भए पछि उनले भदौ २९ गते झगडा गरेकी थिइन् । त्यसै दिन अबको दुई दिनपछि तलाईं देखाइदिन्छु भनेकी थिइन् । नभन्दै २ गते छोरामाथि यस्तो घटना भयो ।' प्रहरीसँगको बयानमा जानकीले भनेकी छन्, 'बच्चा रुन थालेपछि पानी हो भनेर २ थोपा खुवाएकी हुँ ।'

बयानका क्रममा दिदीबहिनीको झगडा भइराख्ने र २९ गते  पनि लेनदेन विषयमा भनाभन भएको स्वीकारेको प्रहरीले जनाएको छ । आजको कान्तिपुरको पृष्ठ ८ मा यो समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी