प्रेम सुनार | असोज–७, बुटवल । नेपाली बजारमा नुन–चामल र कपडाको भारी बोक्ने भरियाको कथा अहिले एउटा उहिले उहिलेको कथा जस्तै बनेको छ । गाडी चल्ने बाटो खुल्यो कि ब्यापार ठप्प भयो भन्थे एकथरी ब्यवसायीहरु भने ति भरियाहरुले पनि आफ्नो रोजीरोटी खोसिएको महशुस गर्थे ।
पश्चिम नेपाललाई सदियौ देखि थेक्ने बजार भने कै अहिलेको प्रदेश ५ को अस्थाई राजधानी बुटवल , उहिलेको बटौली र खसौली बजार थियो र अहिले पनि छ । यो बजारमा अरु थुप्रै ब्यापारहरु एक पछि अर्को हुँदै मौलाउँदै आएका छन । तर, घर गाउँमा काँचो कपडा भनेर चिनने सिलाउने कपडाको ब्यापारीहरु भने चौपड भएका छन र धेरैले त्यसबाट विस्थापित भई अन्य पेशा समाउन बाध्य भएका छन ।
उति बेला गाउँ गाउँमा उधारो दिने चलन थियो । कैयौ कपडा ब्यवसायीहरुको लाखौ उधारो रकम उठ्न तब देखि छाड्यो जब गाउँ गाउँमा गाडी पुग्यो र रेडिमेड कपडाको फेशन आयो । यति बेला अर्थात तिज देखि दशै तिहार सम्म उति बेलाका कपडा ब्यवसायीहरुलाई रातमा सुत्नु र दिनमा खाने फुर्सद थिएन ।
उनिहरु संगै कपडा सिलाउने पेशाका मानिसहरुको ब्यस्तता पनि उस्तै थियो । अहिले प्राय अधिकांस काँचो कपडा मात्रै भएका पसलहरुमा बुढापाकाहरु नाप्ने फिता र कैची समाएर बसेको देखिन्छ । फेन्सी पसल र साडी लगायतका स्वरुमहरुमा युवाहरु भेटिन्छन । उक्त ब्यावसाय बुढापाकाहरुले मात्रै देखि रहेको अवस्थामा उनिहरुको शेखा पछि सिमित काँचो कपडा सिमित फेन्सी पसलमा मात्रै पाउने देखिन्छ ।
बुटवल उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष तथा वुटवलका पुराना कपडा ब्यवसायी जिवनप्रसाद ओझा भन्छन–‘ २०२५ साल अघि सम्म मेरा बुवाले कपडा बेच्नु हुन्थ्यो । त्यस यता मैले बेच्दै आएको छु । म संगै तत्कालिन वारी खसौली र तिनाउ पारी बटौलीका पुराना कपडा ब्यापारीहरुमा कर्णकुमार हेजु, महेशप्रसाद श्रेष्ठ, महेशकुमार राज भण्डारी, लगायतत थियौं ।
यो सिजनमा त हामीलाई भ्याई नभ्याई हुन्थ्यो । उता बाग्लुङ्ग, पर्वत स्याङ्गजा , पाल्पाको थोक ब्यापारिहरु भरिया र खच्डड लिएर नुन तेल , चमल र कपडा किन्न आउथे । यता रुकुम रोल्पाका ब्यापारिहरु पनि त्यसरी नै भिड लाग्थे ।
यताबाट भालुबाङ्ग सम्म लैजाने र त्यहाँबाट भरिया र खच्चडबाट कपडा र नुन चामल बोकाएर दाङ्ग, प्युठन, रुकुम रोल्पा सम्म लैजाने गरिन्थ्यो । तिजमा महिलाहरु अहिलेका सिंगापुरे साडी जस्तै महँगा खद्दरको साडी छान्न आउँथे । निकै चलेको थियो । मखमल, पिलाँसको चोलो पनि संगै किन्थे ।
पसलमा कपडा चेत्नको भ्याई नभ्याईको त्यो अवस्था अहिले ईतिहास जस्तै बनेको छ । अहिलेका कपडा पसलमा बाहिर रेडिमेड कपडा नझुण्डाए ग्राहक नपस्ने अवस्था छ ।’
उनका अनुसार बिक्रम सम्वत १९०० को सताब्दी अघि देखि २०३६ ÷०३७ साल सम्म तत्कालिन बटौली र खसौलीको त्यो ब्यापार चलिनै रहेको थियो । त्यस यता शिद्धार्थ राजमार्ग खुल्यो र पाल्पा सम्म गाडी चल्यो । २०३७÷०३८ सालमा पाल्पाबाट रिडी सम्म मोटरबाटो खुल्यो । त्यस बेला सम्म पाल्पा र रिडीको ब्यापार बढ्यो । २०३९ साल तिर तम्घास सम्म मोटरबाटो खुल्यो त्यस पछि ब्यापारमा बिकेन्द्रिकरण भयो ।
उता भालुबाङ्गबाट पनि त्यसरी नै विकेन्द्रिकरण हुँदै गएको हो । उनका अनुसार २००७ साल अघि सम्मका पुरना ब्यापारीहरुमा रुद्रविलास तिलाचन, द्रोणराज जोसी, सानुकाजी श्रेष्ठ, भारतिय नागरिक रामवकस लगायत बटौली खौसौलीमा कहलाएका कपडा ब्यापारि थिए ।
उनै पुराना मध्येका जिवित साँझी एक हुन रामबहादुर वजिमियाँ । बुटवल उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष समेत रहेका उनि २०१९ साल देखि कपडा ब्यवसाय गर्दै आएको बताउँ छन । उनले भने–‘धेरै पहिल्लै देखि यो काँचो कपडाको ब्यावसाय खत्तम भयो । खासै चल्दैन , बाहिर रेडिमेड कपडा नदेखाए मान्छे नै पस्दैन ।’
उनका अनुसार २००७ साल अघि देखि बटौली र खसौलीका पुराना कपडा ब्यापारी उनका पिता तिलकबहादुर वजिमियाँ , युक्तबहादुर प्रधान, भरतकुमार प्रधान, अग्नीकुमार ओझा, लक्ष्मी नरायण ओझा लगायत थिए । उनले रेडिमेड कपडाको फेशनले काँचो कपडा ब्यवसाय निरास लाग्दो भएको प्रतिकृया दिए ।
बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले तत्कालिन बटौली–खसौली कपडा, नुन चामलको एउटा लामो ईतिहास बोकेको बर्तामान बुटवल शहर भएको बताए । गाउँ गाउँ देखि खुद्रा ग्राहकहरुको त्यो लावालस्कर अहिले थोकमा खुम्चीएको बताउँदै उनले काँचो कपडा अहिले मर्दा पर्दा र पुजा पाठमा सिमित हुदै गएको तर अब सिलाएको कपडा लगाउने अभियान छेड्न सके घरेलु उत्पादन र रोजगारी बढ्ने धारणा राख्छन ।
बुटवलको उत्तर तर्फ वारी बाग्लुङ्ग, पर्वत , स्याङ्गजा, वल्लो अर्घाखाँची , पुरै गुल्मीको ब्यापारिक राजधानी पाल्पा थियो । पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठका अनुसार पाल्पा तानेसेनमा पुराना र कहलाएका कपडा ब्यवसायीहरुमा गोविन्दे साहु ( गोविन्दलाल कक्षपति , प्युठानी बस्त्रालयका यज्ञप्रसाद कक्षपति , भोलारत्न प्रधान , नरेन्द्र थैव, अनमोललाल श्रेष्ठ, वलाराम प्रधान , नगेन्द्र शेखर बज्राचार्य, बैकुण्ठध्वज राजलवट , देवेन्द्रमान प्रधान, द्धवारिकमान महार्जन लगायत दर्जनौ रहेका छन ।
अध्यक्ष श्रेष्ठका अनुसार पाल्पाले अहिले सुतिको साडी समेत त्यही उत्पादन गर्ने गरेको छ । ढाका उत्पादनको माग थेगी साध्ये छैन । श्रेष्ठ भन्छन–‘ स्थानिय उत्पादनलाई बढवा दिन नेताहरुबाट स्थानिय तह मै सिलाएको कपडा लागाउनु पर्यो जसरी भारतमा महात्मागान्धीले भारतिय उत्पादन सुती कपडा भन्दा बाहिरको लगाउनु भएन उहाँको अनुसरण गर्नु पर्यो टिशर्ट लगायत केहि स्वदेश मै उत्पादन भई रहेका छन । कच्चा पदार्थ समेत यहि तयार गर्नु पर्यो ।
आज भन्दा साठी बर्ष अघि गणेशमानसिंहले उद्घाटन गरेको पाल्पाको ढाका उद्योग अहिले यति फ,स्टाएको छ कि एक पछि अर्को उद्योग खोल्दा पनि पुराउन गाह्रो भएको छ । यसरी नै अन्य कपडा पनि स्वेश त्यसमा पनि स्थानिय तहमा सिलाएर लगाउन थाले खर्च कम , रोजगारीको बृद्धि हुन्छ । राज्यबटै मित्तब्यीताको लहर आउनु पर्यो ।
मैले मेरै छोरालाई भन्छु कमसेकम औपचारिक कार्यक्रमममा औपचारिक ड्रेश दौरा सुरुवाल वा कोट पाईन्ट सिलाईर लगाउ । यसरी नै सबैले अभियान छेड्न सके बाहिरबाट आयात हुने रेडिमेड कपडाको बाहिरिने पैसा स्वदेशमा बचत हुने थियो ।’
गुल्मीको सबै भन्दा पुरानो ब्यापारिक केन्द्र रिडी बजार हो । गुल्मी उद्योग बाणिज्य रिडी शाखाका अध्यक्ष सुर्वणलाल कक्षपतिका अनुसार रिडी बजारको ईतिहास लिक्षिवी काल देखिको हो । जहाँ २० १८ साल अगाडी सम्म डम्वरबहादुर श्रेष्ठ र निर्मलप्रसाद श्रेष्ठ सहितको पाँच वटा कपडा पसल निकै कहलाएका थिए ।
दोश्रो पुस्ताका रुपमा अमृतमान वजिमय, मिनबहादुर कसाजु बढि कहलाए । हाल उनै डम्वरबहादुरका छोराहरुले आभास इम्पुरेन्स नामक कपडा पसल चलाएका छन । भार्सेली कपडा पसलको विनोद भारी, गशेण थैव , प्रवेश कसाजु र जिवन भण्डारी वर्तमान पुस्ताका रिडीमा कहलाएका कपडा ब्यापारी हुन । रिडी धार्मिक क्षेत्र भएकोले अझै त्यहाँ काँचो कपडा राम्रै बिक्ने गरेको अध्यक्ष कक्षपति बताउँछन ।
धार्मिक क्षेत्र रिडी पछि तत्कालिन बाग्लुङ्ग गुल्मीको दोश्रो ठुलो ब्यापारिक केन्द्र हो वामीटक्सार बजार । गुल्मी उद्योग बाणिज्य संघ वामीटक्सार शाखाका अध्यक्ष सुदर्शन शाक्यका अनुसार उनका जिज्युहरु आज भन्दा २ सय १० बर्ष अघि काठमाण्डौबाट पैसा काट्न आएका थिए । टक अर्थात पैसा काट्ने भएकोले वामीटक्सार भनिएको हो ।
पुरानो पुस्ताका सबै भन्दा कहलाएका मखने साहु अर्थात मखनलाल श्रेष्ठ कपडा पसल र वैद्यका रुपमा जिल्लाभर कहलाएका ब्यक्ति हुन । उनको पुस्तामा राजकुमार शाक्य, तेजप्रसाद शाक्य , लालचन श्रेष्ठ पनि कहलाएका कपडा पसले हुन ।
दोश्रो पुस्तामा अञ्जनी कक्षापति जसले अहिले भाँडा पसल गरेकी छन उनि , टोपनारायण श्रेष्ठ, बाबुराम सापकोटा पनि कहलाएका कपडा पसले हुन । वर्तमान पुस्तामा उनै सुदर्शन शाक्य, कृष्णकुमार बज्राचार्य , भुमिश्वर खनाल, राजकुमार शाक्यले कपडा पसल गर्छन तर रेडिमेड बढि काँचो कपडा कमै राख्छन ।
शाक्य भन्छन–‘काँचो कपडाको दिन हरायो, रेडिमेड कपडा राख्ने गरेका छौं । जिल्लाको हाल सबै भन्दा ठुलो बजार तर तेश्रो बिकासित ब्यापारिक केन्द्र सदरमुकाम तम्घास हो । २००९ सालबाट पाल्पा, बाग्लुङ्गबाट प्रशासनिक निकायबाट छुट्टिदै तत्कालिन बडाहाकिम चन्द्रमान थकालीले वजारीकरण गरेपछि सदरमुकाम तम्घासका सबै भन्दा पुराना कपडा पसले हुन बखाने साहुका नामले चिनिने बखानसिंह श्रेष्ठ ।
उनि पछि भिमलाल मरासीनी पनि कहलाए । त्यस पछि अयोध्याप्रसाद श्रेष्ठ , माने साहु अर्थात मानबहादुर श्रेष्ठ, नरप्रसाद श्रेष्ठ, नन्दारम भुसाल , डिल्लीराज भुसाल पुराना मध्येका कहलाएका कपडा पसेल हुन ।
२०२६ साल देखि हाल सम्म कपडा पसल राखेका अयोध्याप्रसाद श्रेष्ठ भन्छन–‘ति मध्ये धेरैले छाडे , म मलगायत केहिले व्लजका भित्री, सिरक डसना र केहि ब्लजका पिस बेचेर दिन ठेलेका छौं , पहिला जस्तो ब्यापार छैन । ’ उनले रेडिमेड कपडाको फेशन आए पछि उधारो दिएको १० लाख भन्दा बढि रकम डुबेको बताए ।
उनले थपे–‘ म पसल चलाई रहेको मान्छे कहाँ त ऋण तिर्न मान्छे आउन छाड्यो भने , मानबहादुर श्रेष्ठ र भुसाल परिवार जस्ताकहाँ झन कति रकम डुबे होला ? ती तीन मुख्य ब्यापारिक केन्द्रमा झै धुर्कोट बस्तु, वामीटक्सार , मुसिकोट मैदान, खर्जयाङ्ग, शान्तिुर , खैरेनी , मजुवा चारपाला लगायत दर्जनौ स्थानका कपडा ब्यापारी श्रेष्ठ समुदाय र चुरेटा भनेर चिनिने मुस्लीम समुदायका ब्यापारीहरुको पसल रहेको घर यति बेला भग्नावशेस मात्रै देख्न सकिन्छ ।
गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठ भन्छन स्थानिय तह मै सिलाएर लगाउन छाडिएको कारण रेडिमेड कपाडा फेशन मात्रै नभएर बाध्यता पनि भएको बताउँ छन । पहिलो कुरा कपडा सिलाउने अर्डर तिनका लागि गर्यो हप्ता दश दिन कुर्न पर्छ । अर्को कुरा महँङ्गो ज्याला । एउटा आस्कोट ( स्टकोट ) रेडिमेड किन्दा १२ सयमा पाईन्छ तर यहाँका टे«लरले दुई हजार देखि २५ सय लिन्छन यसकारणले कर्दा काँचो कपडाको ब्यापार घटेको हो । देशका विभिन्न जिल्लामा सामुहिक सिलाई बुनाई अर्थात गार्मेन्ट छर पो त्यसरी सस्तो पाईएको हो, गार्मेन्ट खोल्ने बारे सोच्नु भएको छ ? भन्ने प्रश्नमा उनले भने –‘यो चाँही गर्ने पर्नै देखियो , यसबाट काँचो कपडाको ब्यापार संगै स्थानि सिलाई पेशाकर्मीहरुले रोजगारी पनि पाउने भए यसबारे बसेर छलफल गरौंला । ’
बुटवल पछि अर्घाखाँची , गुल्मी , प्युठान र बाग्लुङ्ग सम्मको दोश्रो ठुलो ब्यापारिक केन्द्र बनेको थियो कपिलबस्तुको पत्थरकोट बजार । जहाँ त्यति बेला ढाँक्रे भनिने भरियाहरु डोकामा आटो , कोदाको पिठो, सातु र हुँका चिलिम सम्म बोकेर बाग्लुङ्ग गुल्मी बाट तिन दिन देखि सात दिन सम्मको बाटो हिडेर नुन , तेल चामल र कपडा लिन जान्थे । बाटो छेउँको ओढार र चौरमा ढुङ्गाको ईल्टा बसालेर पकाउँदै गरेका , सुनिमाया र यानीमाया भाकाको गीत गाएर थकाई मेटाउँदै गरेका ति भरियाहरुलाई पत्थरकोट बजारका ब्यापारीहरुले स्वागत गर्थे ।
नुन चामल संग घिउका टिन साट्थे । केरा , तरुण, सखर खण्ड, कोदो मकै गाउँबाट लगेर आवश्यक बस्तु साटिन्थ्यो । सुका पैसा मानो घिउ संग एक धार्ने नुन चामल । निकै सजिला र सस्ता जमनाका बाबजुद पनि पत्थरकोटको ब्यापारिहरु मालामाला भई रहेका बेला २०४० साल पछि सन्धीखर्कमा मोटरबाटो सुरु भए पछि पत्थरकोटलाई चाट लागेको अर्घाखाँची उद्योग बाणिज्य संघका अध्यक्ष युवराज श्रेष्ठ बताउँ छन ।
उनले भने –‘ भाँडा पसलेका रुपमा मेरो बुवा नन्दलाल श्रेष्ठ, कपडा ब्यवसायीका रुपमा श्रीकृष्ण भुसलका हजुर बुवा विष्णुप्रसाद भुसाल, गुणनिधी भुसाल , चेतबहादुर शेरबहादुर पौड्यालका पिता गोेर्खाली साहु भनेर चिनिने कर्णबहादुर क्षेत्री , बोघे हाँजी मिया जो वाङ्गलाबाट आउनु भएको थियो उहाँहरु चुत्रवेशी बजारका कहलाएका कपडा पसले हुनुहुन्थ्यो । अहिले उहाँहरुका छोरा नाती पलाती सम्मले उक्त कपडा पसल फेन्सीमा परिणत गर्नु भएको छ । उनले थपे–‘ अर्घाखाँचीको मुख्य बजार पटक पटक अनिश्चित बन्यो ।
सुरुमा सदरमुकम साविको ठाडा गाविसमा बस्यो । त्यस पछि नरपानीमा सर्यो । फेरी किमडाँडामा सर्यो । पछि तत्कालिन खाँची राज्यका राजा र अर्घाका राजाले सन्धी गरेको स्थानलाई सन्धीखर्क नामकरण गरी चुत्रवेसीमा सदरमुकाम बसेको हो । यो स्थान ऐतिहासिक थलो र गुल्मीको धुर्कोट , पुर्कोट , प्युठानको चुँडाटारी र जोगीटारी लगायतको पुरानो ब्यापारिक केन्द्र पनि हो । ’
रोल्पाको हकमा ग्रामिण भेगका वासीन्दाले काँचो कपडा सिलाएर लगाउने क्रम खासै कम नभएको त्यहाँका ब्यवसायी तथा नेपाल बाणिज्य उद्योग महासंघक केन्द्रिय सदस्य किशोर आचार्यले बताए । उनका अनुसार सदरमुकाम लिवाङ्गमा सबै भन्दा पुराना र कहलाएका कपडा ब्यवसायीहरुमा आचार्य स्टेर्शका लेखनाथ आचर्य र उनका छोरा रमेश आचार्य, जिसी स्टेर्शका राजन श्रेष्ठ, राजेन्द्र कक्षापति लगायत रहेका छन । विगतमा जस्तै ति पसलमा कपडा किन्न आउनेहरुको कमी छैन ।
रुकुम उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष बसन्त पुनका अनुसार सदरमुकाम खलाङ्गकोट , मुसिकोट कोट लगायतका वजार क्षेत्रमा रेडिमेड कपडा लगाउने गरे पनि ग्रामिण क्षेत्रका अधिकांस मानिसहरु काँचो कपडा निकेर सिलाएर लगाउने गरेका छन । कोट, स्टकोट कमिज दौरा सुरुवाल , चोली ब्लजहरु ब्यक्ति उ आफै कपडा सिलाउने ठाउँ मै गएर अर्डर गर्दा उहि ट्रेलरले कपडा उपलब्ध गराउने हुँदा कपडा पसल खासै चल्न सकेका छैनन । खलङ्गामा मोहन बोहरा , प्रेम केसीको कपडा पसल बढि कहलाएका पसलहरु हुन ।
प्युठानको सदरमुकाम खलङ्ग र आसपासका बजारमा पुराना कपडा ब्यवसायीका रुपमा कुटीचौरका कोटीप्रसाद कक्षपति कहलाएका पसले हुन । सोही स्थानका रुद्रकुमार कक्षपति पनि कहलाएा कपडा पसले हुन । पछि उनि होलसेल ब्यापारिका रुपमा कृष्णनगर तर्फ लागे कोटीप्रसाद ।
त्यस पछि लंके साहुका रुपमा उदाए उनकै भाई भतिजा भर्ने लंकेश्वरप्रसाद कक्षपति । उनका माईला छोरा एवं प्युठान उद्योग बाणिज्य संघका उपाध्यक्ष केदारमान कक्षपति भन्छन–‘ कोटीचौरमा उहाँ पछि मेरा बुवालाई बाग्दुलामा पुराना कपडा ब्यवसायीका रुपमा चिन्न थालिएको हो ।
मैले जाने अनुसार मोछी बजारमा राममणी पोखरेल, धाईरेबजातरमा बिष्णु भण्डारी, माथी खलाङ्गा बजारमा देविप्रसाद कक्षपति , अखण्डकुमार श्रेष्ठ, शेखरचन्द्र प्रधान पुराना र कहलाएका कपडा पसले हुन । काँचो कपडा बिक्न छाडे पछि उनिहरुका नयाँ पुस्ता फेन्सी पसल गर्न थालेका छन ।
प्युठान ग्रामिण भेग भएकोले काँचो कपडा शहरी भेगमा भन्दा केहि बिक्ने गरेका केदारमान कक्षपति बताउँ छन । धेरै पहिल्लै देखि शहरिकरण भएको बाँके, बर्दिया, दाङ्ग र कपिल बस्तुमा रेडिमेड कपयडाको फेशन पनि पहिल्लै देखि चलेको, घरयासी बस्त्र , पुजा पाठ र मृत्यु , कोट पाईन्ट र दौरा सुरुवाल बाहेक अरु काँचो कपडा किन्न विरलै मानिसहरु आउने गरेको स्थानिय ब्यापारिहरुले बताएका छन । पुराना कपडा पसलहरु अहिले साडी स्वरुम र फेन्सी पसलमा परिणत भएका छन ।