२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीमा गृहमन्त्रीलाई–‘माछा मिठो असला बड्यार् खोलाको….’

१३ आश्विन २०७५, शनिबार १७:१३

प्रेम सुनार | असोज १३, बुटवल | बाग्लुङ्ग तर्फ माछा मिठो असला दरम खोलाको… निकै चर्चामा छ । यता गुल्मीमा भने माछा मिठो असला  बड्यारा खोलाको… थेगो नै रहँदै आएको छ । बढिगाड खोला नाम भए पनि स्थानियले बोली भाषामा बड्यार खोला भन्छन ।  त्यस खोलाको माछाको बिशेष गरी रस परेवाको झै अत्यन्तै तिख्खर  मानिन्छ । काँडा कम असलाको मासु बढि र तिख्खर हुने हुँदा त्यस बड्यार खोलाका माछा सगुनका रुपमा काठमाण्डौ  लगायतका शहरमा समेत पठाईन्छ , मगाइन्छ । 

बर्षऔं पछि गृहमन्त्री  रामबहादुर थापा वादलाई पनि बाल्यपनमा  त्यस खोलामा माछा मार्न जाने र पौडी खेल्न जाने ताकाको सम्झना आयो । उनको त्यही चाहनालाई बुझेर आज बिहान दजाकोट स्थित  घर पुगेका गृहमन्त्रीलाई आयोजकले त्यहाँका माछा संग  खाजा खुवाए ।  खाँदै उनले स्मरण गर्दै भने–‘ म  त्यति बेलाको पशुपति प्राविमा पढ्दा हाम्रै घरमा डेरा गरेर पढाउनु हुने तारा नाथ शर्मा सर संग शनिवार विदाको दिन माछा मार्न र पौडी खेल्न जान्थ्यौं ।

खुव सम्झना आउँछ त्यो ताकाको त्यति बेला कपी कलमको चलन थिएन । काठको कालो पाटी , खरी ढुङ्गाको चक र बस्ने चकटी बोकेर स्कुल जान्थ्यौं । ५४ बर्ष पछि त्यहाँका माछा खाना पाईयो ।  उनी संगै उनकी फुवुका ज्वाँई विष्णुबहादुर बगाले बसेका थिए । साथमा भाञ्जा भाञ्जी , अरु दिदी वहिनी , कान्छी काकी सुमित्रा सनानरी , उनका छोरा रामबहादुर सनारी,  उनकी दिदी रामकुमारी पुन ,माईला काकाका छोरा छोराहरु खिमबहादुर नेरबहादुर सनारी माछा अलि थप्दीँन पाए पनि हुन्यो कि भन्ने मुद्रमा थिए । गृहमन्त्रीले पनि निकै रहर लाग्ने गरी खाए ।


अरु दाजु भाईहरु वोमबहादुर , दिलबहादुर , ईमानसिंह मेखबहादुर, बलबहादुर भिमबहादुर र हुमानसिंह सनारी सहित १० घर रहेको उनका भाञ्जा भाञ्जी पर्ने स्थानिय समाज सेवी हरिप्रसाद छन्त्यालले बताए ।  उनको मावली आँपचौरबाट पनि आएका थिए । कान्छि आमाले भने आफ्नै प्रकारको खाज खुवाईन । त्यही वादल कै पुरानो बुढाघर भएकै  घडेरीमा बनाएको घर देखाईन ।

गृहमन्त्री कै भाई उपचार नपाएर थला 

कान्छा काका छोरा रामबहादुर बेलामा उपचार नपाएर  प्यारालाईसिस रोगले थला परेर बसेका छन । गृहमन्त्री अर्थात दाजुलाई देख्न साथ उनि रोई रहे मात्र ।  त्यस्तो देखे पछि गृहमन्त्री भावुक देखिन्थे । समाज सेवी छन्त्याल भन्छन उहाँले पुराना कुरा निकै स्मरण गर्नु हुँदो रहेछ । एक अर्कालाई सोधपुच सञ्जो विसन्चोबारे चासो लिनु भयो । अव त आउने जाने यो सुरुवात हो आई रहन्छु भन्नु भएको छ ।

रक्षा मन्त्री हुँदा मैले तम्घास आएको बेला भेटेको थिएँ यो दोश्रो हो, छन्त्यालले भने अस्याट नमेटिने गरी छोटो समय लिएर आउनु भयो । अब आउँदा उहाँले आफै भने झै लामो समय बस्ने गरी आउन अनुरोध गर्दछौ । उनलाई गाउँ बोलाउने बिशेष भुमिका पुर्व माओवादी नेता खुमबहादुर थापाले खेलेको बताईन्छ । उनको स्वागतमा प्रदेश ५ का सांसद खड्ग केसी  , मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा लगायतका जनप्रतिनीधी रहेका थिए । उनलाई सो पालिकाले अभिनन्दन समेत गरेको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला