२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

निर्मला हत्याकाण्ड: तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख विष्ट सहितका तीनै जनाको डिएनए मिलेन्

१४ आश्विन २०७५, आईतवार ०६:२४

भास्कर के.सी | असोज १४, कञ्चनपुर | कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ बर्षिया निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणमा प्रमाण नष्टको आरोप लागेका तत्तकालिन कञ्चनपुर प्रहरी प्रमुख दिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र  काँग्रेस महासमिति सदस्य एव अधिवक्ता भुपेन्द्र विष्टका छोरा आयुश विष्टको डिएनएर रिर्पोट खोलिएको छ । 

झण्डै दुई साता अघि प्रहरी प्रधान कार्यालयले उनीहरु तीनै जनाको डिएनए परिक्षणका लागि रगत लिएको थियो । केन्द्रीय विधि विज्ञान प्रयोगशालाबाट आएको सिलबन्दी रिर्पोटलाई आइतबार कञ्चनपुर प्रहरीले खोलेको छ ।

 मृतक निर्मला पन्तको योनीमा भेटिएको (भजाईनल स्वाब) संग तीनै जनाको डिएनए नमिलेको कञ्चनपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले अनुसन्धान अधिकृत कृष्णराज ओझा सहित जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खेमराज भट्ट सहितको उपस्थितिमा रिर्पोट खोलिएको बताए । 

उनका अनुसार तीनै जनाको डिएनएले म्याच नखाएको अर्थात मिलेको छैन् । ‘हामीले तीनै जनाको डिएनए रिर्पोट हेरौँ, ‘उनले भने, ‘कसैको पनि मिलेको छैन ।’ आन्दोलनका बेला तत्तकालिन कञ्चनपुरका प्रहरी प्रमुख विष्ट उनका छोरा किरण र अर्का युवक आयुसको डिएनए परिक्षणको माग बमोजिम प्रहरी प्रधान कार्यालयले घटनाको थप अनुसन्धानका लागि डिएनए परिक्षण गरेको थियो । सरकारी वकिल कार्यालय कञ्चनपुरका जिल्ला न्यायाधिवक्ता खेमराज भट्टले रिर्पोट निगेटिभ भएको बताए । उनका अनुसार तीनै जनाको डिएनए रिर्पोट मिलेको छैन् । जिल्ला न्यायाधिवक्ता भट्टका अनुसार निर्मलाको डिएनए प्रोफाईल बनेको छ । जसले बलात्कार गरेको हो, त्यसको डिएनए म्याच हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो