2026-08-29 07:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

मलामीको जिप दुर्घनाः बाबु दुर्घनामा परेर हिड्दा छोरा अर्को दुर्घटनामा !

प्रेम सुनार | असोज–१६, बुटवल । आज बिहान अर्घाखाँचीमा जिप दुर्घटनामा १३ जना घाईते भएका छन । ६ जनाको अबस्था चिन्ताजनक छ ।  जिल्लाको मालारानी गाउँपालिका ६, हंशपुर काफलठुटा देखि  नवलपारीको त्रिवेणीघाट बाट दाहसंस्कार गरी फर्केका मलामीहरु सवार लु १ ज २३६९ नम्वरको जिप सितगंगा नगरपालिका–२ , सितापुरको फलाचौर घुम्तीमा दुर्घटना भएको  हो ।

जिल्ला प्रहरी कार्यालय अर्घखाँचीका प्रवक्ता प्रहरी निरीक्षक खिमबहादुर घमका अनुसार घाईते सबैलाई लुम्विनी अञ्चल अस्पतालमा पठाईएको छ । विहान साढे चार बजेको समयमा भएको दुर्घटनको जानकारी प्रहरीले ५ वजेतिर मात्र  पाएको थियो ।  दुर्घनामा परी प्रहरी प्रधान कार्यालयमा कार्यरत मालारानी–६ काभ्रेका असई यज्ञबहादुर पुन पनि घाईते भएका छन ।  

यता बाबु दुर्घटनाको खबर पाए पछि अत्तालिदै मोटर साईकल लिएर बुटवल अस्पताल तर्फ जाने क्रममा उनका छोरासंगै अर्का ब्यक्ति मोटर साईकल दुर्घनामा परी गम्भीर घाईते भई बाबु संगै अस्पतालमा भर्ना भएका छन । उनको लु ३९ प ६४३ नम्वरको मोटर साईकल  तौलिहवाबाट आउँदै गरेको वालगंगा ड्राईभिङ्ग सिकाई  प्रा.लि. मणीग्रामको बा २ झ २१३६ नम्वरको गाडी संग ठोक्कीदा काफलडाडा भन्ने स्थानमा ठोक्कीदा उनका छोरा वोमबहादुर पुन र उनि संग सवार हिरा सिंह भन्ने ब्यक्ति  गम्भीर घाईते भएका हुन ।

घाईते हुनेमा ३६ बर्षिय विकास केसी, बर्ष २८ का बालकृष्ण शाह , २७ का सुरज पुन , उमेर ४८ का उदय पुन, ४५ का शिवबहादुर घम, बर्ष ४८ का वोमबहादुर पुन लगायत रहेको प्रहरी निरीक्षक घमले बताए ।  जिप सडक देखि २ सय मिटर तल खसेको र दुर्घनाको कारण खुल्न नसकेको घमले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो