२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

निर्मलाको सामुहिक बलात्कार भएको ठहर, बम दिदिबहिनीको गतिबिधि शंकास्पद

२१ आश्विन २०७५, आईतवार १६:४३

असोज २१, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याबारे छानविन गर्न गठित उच्चस्तरीय समितिले अनिता बमको गतिविधि शंकास्पद देखिएको जनाएको छ । गृहमन्त्रालयले आइतबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार एकजनाबाट बलात्कार सम्भव नभएको तर्क गर्दै समितिको प्रतिवेदनमा यसो भनिएको छ –

‘दिउँसोको समय र मान्छेहरुको आवत–जावत भइरहने सडक नजिकै एउटा व्यक्तिबाट आकस्मिकरुपमा बाटोमै समाती जबरजस्ती करणी गर्न असम्भव देखिने । किनकी, दुई हातले समातेर लिँदा पनि बालिका चिच्याउनुपर्ने, लास फेला परेको उखुबारी नजिकै घरमा दुईवटा कुकुर रहेको र चक्रदेव बडू तथा निजका बाबुसमेत उक्त दिन घरमै भएको भन्ने भनाइ र पोष्ट मार्टम रिपोर्टमा बालिकाको तौल ४०/४५ केजी उल्लेख गरिएको, एकजनाले आकस्मिकरुपमा बलात्कार गर्न एकहातले बालिकालाई समाते पनि अर्को हातले मुख थुनेको भए बालिकाको सुरुवाल, पेन्टी र आफ्नो पाइन्ट, हाफ पाइन्ट पनि खोल्न गाह्रो हुनसक्ने भएकाले एकजनाले मात्र आकस्मिक बलात्कार गर्न सम्भावना कम देखिएको ।’

उखुबारीमा निर्मलाको बलात्कार र हत्या नभई बाहिरबाट हत्या गरेर त्यहाँ शव फालेको ठहरमा समिति पुगेको छ । 

निर्मलाका कितावहरु पानीमा नभिजेको ओभाना देखिएको हुनाले उनलाई अन्यत्रै हत्या गरेर ती कितावहरु घटनास्थानमा पछि राखिएको समितिको निश्कर्ष छ ।

निर्मला पन्त हराएको दिन बम दिदीबहिनीहरु ट्युसन सेन्टरमा अनुपस्थित भएको समितिको प्रतिवेदनमा उल्लेख छ । 

तर, बबिता (अनिता) बम र उनका बुबाले ट्युसन सेन्टरमा गएर आफूहरु उक्त दिन ट्युसन पढ्न आएका थिए भनिदिनोस् भनेर आग्रह गरेका कारण उनीहरुको गतिविधि शंकास्पद रहेको समितिले निश्कर्ष निकालेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो