२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

निर्मला हत्या प्रकरण: एसपी विष्टले बुझाए अन्तिम स्पष्टीकरण

२०७५, ७ कार्तिक बुधबार ११:२०

कात्तिक ७, काठमाडौं | निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा मुछिएका कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख निलम्बित प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टले प्रहरी प्रधान कार्यालयमा स्पष्टीकरण बुझाएका छन् ।

गृहसचिव प्रेमकुमार राईको निर्देशनानुसार प्रहरी प्रधान कार्यालयलाई निलम्बित एसपी विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई स्पष्टीकरण सोध्न निर्देशन दिइएको थियो । 

प्रहरी प्रधान कार्यालयका अनुसार एसपी विष्टले मंगलवार स्पष्टीकरण सोधिएको पत्र बुझेका थिए । २४ घण्टामा स्पष्टीकरण बुझाउनुपर्ने व्यवस्थाअनुसार विष्टले बुधवार मध्याह्न प्रहरी प्रधान कार्यालयमा स्पष्टीकरण बुझाएका हुन् । 

निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्राप्त प्रमाण नष्ट गरेको अभियोगमा गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयले विष्टमाथि छानबिन थालेको थियो । प्रहरी प्रधान कार्यालयले विष्टले नियतवश प्रमाण नष्ट गरेको भन्दै प्रहरी नियमावली अनुसार बर्खास्तगीका लागि गृह मन्त्रालयमा पत्र पठाएको थियो । 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पठाएको पत्रअनुसार गृहसचिव प्रेम कुमार राईले आइतवारदेखि निलम्बित एसपी विष्ट र इन्सपेक्टर भट्टलाई बर्खास्तगीको प्रक्रिया अगाडि बढाएका थिए । 

गृह मन्त्रालय स्रोतका अनुसार विष्ट र भट्टले बुझाएको स्पष्टीकरण अध्ययन गरेर मात्रै उनीहरूको बर्खास्तगीको विषयमा निर्णय लिइने छ ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस