२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सडक डिभिजन कार्यालय गुल्मीमा: मन्त्री बरालद्धारा आज उद्घाटन

२०७५, ११ कार्तिक आईतवार ०५:५२

प्रेम सुनार | कार्तिक–११, बुटवल । पाल्पा अर्घाखाँची र गुल्मी हेर्ने गरी  पुल तथा सडक डिभिजन कार्यालय   आज देखि गुल्मी मै बस्ने भएको छ । ‘ एक  महिना अघि ५ नम्वर प्रदेश सरकारले सो कार्यालय निर्णय गरेको थियो । तर पछि  एक्कासी पाल्पा सारिएकै थियो ,–नेपाल कम्युनिष्ट पार्टी ( नेकपा )  गुल्मीका प्रस्तावित पार्टी अध्यक्ष वालसिंह काउछाले भने–‘निकै ठुलो प्रयासमा गुल्मी मै ल्याउन सफल भईयो ।  आजै सामाजिक विकास मन्त्री सुदर्शन बरालद्धारा सदरमुकाम तम्घासमा कार्यालय उद्घाटन हुँदैछ ।  यसबाट हामी सबै गुल्मेलीहरु बधाईका पात्र भएका छौं । ’

सो पार्टीका प्रस्तावित पार्टी सचिव बुद्धि जिसी भन्छन –‘गुल्मीमा परेको सडक डिभिजन कार्यालय एक्कासी पाल्पा सारिए पछि गुल्मीका राजनैतिक दल सहित  निर्माण ब्यबसायी संघ , उद्योग बाणिज्य संघ लगायतका सरोकारवालाहरु प्रदेश सरकारका मुख्य मन्त्री  देखि केन्द्र सम्म डेलिगेशनमा पुगेका थिए । त्यस पछि प्रदेश सरकारको हकमा  गुल्मीबाट निर्वाचित मन्त्री सुदर्शन बराल , सबै सांसद र जिल्ला नेताहरुको ठुलो पहल रह्यो । फलस्वरुप गुल्मी मै ल्याउन सफल भईएको हो ।’

मन्त्री बरालका  स्वकिय सचिव यदु ज्ञवालीका अनुसार आज दिउँसो तीन बजे मन्त्री बरालले सो कार्यालय उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रदेश सरकारको मन्त्री परिषदले गुल्मीमा सडक डिभिजन राख्ने निर्णयलाई उल्टाएर पाल्पामा सार्ने पाल्पालीहरुको कसरतलाई गुल्मी कै केहि मानिसहरुले पनि सघाउ गरेको एक नेताले बताए ।

ती नेताका अनुसार पाल्पामा बस्ने भयो भन्ने थाह पाउन साथ गुल्मी कै केहि मानिसहरुलाई विष्मात होईन भित्रि मनमा हर्ष बढाई चलेको थियो । ती केहि मानिसहरुको खिसीटिप्रीले उनिहरुको हर्षित भित्री मन उजागार गर्दथ्यो ।  अहिले फेरी उनिहरुलाई वान लागे जस्तो भएको छ ।  गुल्मी ल्याउन पहल गर्ने यहाँबाट निर्वाचित मन्त्री, सांसद, नेता र निर्माण ब्यबसायीका अगुवाहरुलाई भने खाँदा खाँदै दाँतमा ढुङ्गा लागे झैं भएको थियो ।

सांसद गीता थापा गुल्मी मै ल्याउन सफल भएकोमा अत्यन्तै हर्षित भएको बताउँ छिन । उनि भन्छिन–‘ गुल्मी परेको सडक डिभिजन एक्कासी पाल्पा सारियो । हामी छाँगाबाट खसे झै भएका थियौं  ।  त्यस पछि गुल्मी मै ल्याउन मन्त्री बराल , प्रदेश सांसदहरु, जिल्ला नेताहरु र केन्द्र सरकारका  मन्त्रीहरुको समेत यसमा ठुलो भुमिका रह्यो ।  तीन जिल्ला हेर्ने गरी सडक डिभिजन गुल्मी मै रहनु हामी सबै गुल्मेलीका लागि हर्षको कुरा हो ।’

प्रदेश सरकारबाट सञ्चालिन विकास निर्माण गुल्मीको पुल तथा सडक डिभिजन कार्यालयले हेर्ने छ ।  जसबाट गुल्मेली उपभोक्ताहरुलाई सुविधा मात्र हुने छैन , तीन जिल्लाका मानिसहरुको जमघटले ब्यापार ब्याबसायमा समेत बृद्धि हुनेछ ।  केन्द्र सरकारको ठुला योजना भने पाल्पा मै रहेको साविक सडक डिभिजनले नै हेर्नेछ । सिंचाई  र खानेपानी डिभिजन कार्यालय पनि गुल्मी मै राख्ने निर्णय भएको थियो । त्यसको भने टुङ्गो लाग्न बाँकी छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस