Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनकामना मन्दिरको पुनःनिर्माणबाट सिक्नुपर्छ: मन्त्री अधिकारी

२०७५, १२ कार्तिक सोमबार १५:५६

कात्तिक १२, गोरखा (रासस) | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भर्खरै पुनः निर्माण सम्पन्न भएको गोरखाको मनकामना मन्दिरको पुनः निर्माणबाट राज्यले सिक्नुपर्ने बताउनुभएको छ । 

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षति भएकोे मनकामना मन्दिर पुरानै संरचनाअनुसार पुनःनिर्माण सम्पन भएपछि आज अवलोकन गर्न पुग्नुभएका मन्त्री अधिकारीले मन्दिर निर्माणका लागि नेपाल सरकारले चार करोड रुपैयाँ मात्र उपलब्ध गराएको भए पनि बाँकी रु नौ करोडभन्दा बढी रकम जनसहभागिताबाट सङ्कलन हुनु नमूनायोग्य कार्य भएको बताउनुभयो । 

उहाँले पुनःनिर्माण सम्पन्न गर्न बाँकी ऐतिहासिक तथा धार्मिक सम्पदाको पनि यही ढाँचाबाट निर्माण अघि बढाउनुपर्नेमा जोड दिनुभयो । “मनकामना मन्दिर पिपिपी मोडल अर्थात् निजी तथा सार्वजनिक संस्थाको सहकार्यमा निर्माण गरिएकाले समयमा नै निर्माण सम्पन्न भएको हो,” मन्त्री अधिकारीले भन्नुभयो, “यसबाट राज्यले पुनःनिर्माणका लागि पाठ सिक्नु जरुरी छ ।” उहाँले मन्दिरको थप विकासका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

तश्वीरमा: विंस २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुर्याएको गोरखाको मनकामना मन्दिरको पुनः निर्माण सम्पन्न पछि सोमबार मनकामना मन्दिर पुगेर अवलोकन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी । तस्बिर: दीपक श्रेष्ठ, गोरखा, रासस

गोरखाको शहीद लखन गाउँपालिका–२ स्थित मनकामना मन्दिरबारे छलफलमा मन्दिर व्यवस्थापन समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले मन्दिरको निर्माणको काम सम्पन्न भइसकेको र मन्दिरको पेटीहरुमा ढुङ्गा छाप्ने काम भइरहेको जानकारी दिनुभयो । 

मनकामना मन्दिर २०७२ साल असारमा क्षमापूजा गरी भत्काएर पुनःनिर्माण शुरु गरिएको थियो । मन्दिर निर्माणका लागि १८ किलो सुन खर्च भएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै