निर्मला हत्या प्रकरण: थप चारजनाको डिएनए परीक्षण गरिँदै

Posted on: 30 Oct, 2018

कात्तिक १३, काठमाण्डौ | बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानमा प्रहरीले थप चारजनाको डिएनए परीक्षणका लागि रगतको नमुना संकलन गरेको छ ।

लामो अनुसन्धानका क्रममा समेत ठोस परिणाम आउन नसकेपछि प्रहरीले शंकास्पद अन्यको पनि डिएनए परीक्षण गर्न रगतको नमुना संकलन गरेको हो । 

मंगलबार चारजनाको डिएनए परीक्षणका लागि रगतको नमुना संकलन गरिएको कञ्चनपुरका डीएसपी एवं अनुसन्धान अधिकृत कृष्णराज ओझाले जानकारी दिए । डिएनए परीक्षणका लागि रगतको नमुना संकलन गरिएका चारैजनाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन् ।

प्रहरीले अनुसन्धान प्रक्रिया साँघुरो पार्दै लगिरहेको बताइरहेका बेला शंकास्पद व्यक्तिको डिएनए परीक्षण गर्न लागिएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!