2026-10-05 07:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय परिचय पत्र वितरण पाँचथरबाट सुरु हुँदै

कमल घिमिरे । मंसिर ३ पाँचथर | पाँचथर जिल्लामा नेपालकै पहिलो पटक राष्ट्रिय परिचय पत्र वितरण आजबाट गरिँदै छ ।

सदरमुकाम फिदिममा विशेष समारोहको आयोजना गरी परिचयपत्र वितरण प्रारम्भ हुन लागेको हो । नेपाल सरकारले पहिलो चरणमा पाँचथर र सिंहदरबारका कर्मचारीलाई परिचयपत्र वितरण गर्ने योजना तय गरेको थियो । आज जिल्ला समन्वय समितिको शहिदमञ्चमा विशेष कार्यक्रमको आयोजना गरी गृहमन्त्रि राम बहादुर थापा‘बादल’ले परिचयपत्र वितरणको सुभारम्भ गर्ने बताइएको छ ।

   कार्यक्रमका लागी गृहमन्त्रि थापा सहित १ नम्बर प्रदेशका मुख्यमन्त्रि शेरधन राई,आर्थिक मामीला तथा योजना मन्त्रि इन्द्र बहादुर आङ्बो‘मौसम’,गृह सचिव प्रेम कुमार राई,सांसद लगायत उच्चपदस्थ अधिकारीको सहभागीता रहने बताइएकोे छ । परिचय वितरणका लागी सम्पुर्ण तयारी पुरा भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताउनुभयो । आज वितरण गरिने पहिलो पत्र फिदिम – ४ की १०१ बर्षिय जेष्ठ नागरिक भगवतीदेवी भण्डारीले पाउने भएकी छिन् ।

आजबाट आम नेपालीले पाउने राष्ट्रिय परिचयपत्र आजको दिन ५० जनाले पाउने छन् । परिचयपत्र वितरण जिल्ला प्रशासन कार्यालय पाँचथर लगायत अन्य जिल्लाको गाउँपालिकाको विभिन्न वडाको केन्द्रमा गएर गरिनेछ ।

   अहिले सम्म पाँचथरमा ५० हजार ९ सय ५४ जनाको राष्ट्रिय परिचयपत्र विवरण संकलन सकिएको प्रजिअ अधिकारीले बताउनुभयो ।

गत असार ५ गते बाट पाँचथरमा परिचयपत्र बनाउन संकलन कार्य शुरु गरिएको र आगामी पौष १५ सम्ममा संकलनको काम सकिसक्ने विभागका महानिर्देशक काफ्लेले बताउनुभयो । पाँचथर र सिंहदरबार पश्त दोस्रो चरणमा १५ जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन कार्य थालिने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर