2026-11-01 11:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय परिचय पत्र वितरण पाँचथरबाट सुरु हुँदै

कमल घिमिरे । मंसिर ३ पाँचथर | पाँचथर जिल्लामा नेपालकै पहिलो पटक राष्ट्रिय परिचय पत्र वितरण आजबाट गरिँदै छ ।

सदरमुकाम फिदिममा विशेष समारोहको आयोजना गरी परिचयपत्र वितरण प्रारम्भ हुन लागेको हो । नेपाल सरकारले पहिलो चरणमा पाँचथर र सिंहदरबारका कर्मचारीलाई परिचयपत्र वितरण गर्ने योजना तय गरेको थियो । आज जिल्ला समन्वय समितिको शहिदमञ्चमा विशेष कार्यक्रमको आयोजना गरी गृहमन्त्रि राम बहादुर थापा‘बादल’ले परिचयपत्र वितरणको सुभारम्भ गर्ने बताइएको छ ।

   कार्यक्रमका लागी गृहमन्त्रि थापा सहित १ नम्बर प्रदेशका मुख्यमन्त्रि शेरधन राई,आर्थिक मामीला तथा योजना मन्त्रि इन्द्र बहादुर आङ्बो‘मौसम’,गृह सचिव प्रेम कुमार राई,सांसद लगायत उच्चपदस्थ अधिकारीको सहभागीता रहने बताइएकोे छ । परिचय वितरणका लागी सम्पुर्ण तयारी पुरा भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताउनुभयो । आज वितरण गरिने पहिलो पत्र फिदिम – ४ की १०१ बर्षिय जेष्ठ नागरिक भगवतीदेवी भण्डारीले पाउने भएकी छिन् ।

आजबाट आम नेपालीले पाउने राष्ट्रिय परिचयपत्र आजको दिन ५० जनाले पाउने छन् । परिचयपत्र वितरण जिल्ला प्रशासन कार्यालय पाँचथर लगायत अन्य जिल्लाको गाउँपालिकाको विभिन्न वडाको केन्द्रमा गएर गरिनेछ ।

   अहिले सम्म पाँचथरमा ५० हजार ९ सय ५४ जनाको राष्ट्रिय परिचयपत्र विवरण संकलन सकिएको प्रजिअ अधिकारीले बताउनुभयो ।

गत असार ५ गते बाट पाँचथरमा परिचयपत्र बनाउन संकलन कार्य शुरु गरिएको र आगामी पौष १५ सम्ममा संकलनको काम सकिसक्ने विभागका महानिर्देशक काफ्लेले बताउनुभयो । पाँचथर र सिंहदरबार पश्त दोस्रो चरणमा १५ जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन कार्य थालिने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द