२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्धनग्न अवस्थामा युवतीको शव फेला

२०७५, ३ मंसिर सोमबार १०:१९

मङ्सिर १, बनेपा | काभ्रेमा अर्धनग्न अवस्थामा एक युवतीको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सोमबार बिहान रुखमा झुन्डिएको अवस्थामा युवतीको शव फेला परेको हो ।

मृत युवती पनौती नगरपालिका वडा न ५ बस्ने २१ वर्षीया सुधा केसी रहेको प्रहरीले जनाएको छ । युवतीले घरमा सामान्य विवाद भएसँगै बिहान पाँच बजे घरबाट निक्लेर आत्महत्या गरेको खुल्न आएको छ ।

मृतकले आफूले लाएको पाँच वटा लुगा फुकालेर रुखको फेदमा राखी ब्रा र पेन्टीमात्रै लगाएर झुण्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक गिरीका अनुसार घरबाट तीन सय मिटरको दुरीमा रुखमा अर्धनग्न अवस्थामा झुण्डिएको शव फेला परेको हो। उनका अनुसार मृतको शरीरमा कुनै चोटपटक छैन । आलुबारीमा फुकालेर राखेका लुगामा पनि कुनै चोटको निशाना नभएको डिएसपी गिरीले बताए । 

उनले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । मृतक युवती काभ्रे क्यामपसमा बिएकी विद्यार्थी हुन् । घटनाको प्रारम्भिक अनुसन्धानबाट युवतीले आत्महत्या गरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस