२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘अध्यक्ष दाहालमाथि अभद्र व्यवहार भएको छैन’

२०७५, ६ मंसिर बिहीबार ११:५०

मङ्सिर ६, चितवन | नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि चितवनमा कुनै किसिमको अभद्र व्यवहार नभएको उहाँको सचिवालयले जनाएको छ । 

दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार बुधबार र बिहीबार दाहालको चितवनमा विभिन्न कार्यक्रम भएको भए पनि कुनै किसिमको अभद्र व्यवहार र अप्रिय घटना भएको छैन । 

आज बिहान भरतपुर महानगरपालिका–२३ कृष्णचोकमा पार्टी प्रवेशका क्रममा एक जना व्यक्ति मदिरा सेवन गरी कार्यक्रमस्थल बाहिर सामान्य हल्ला गरेको र उक्त व्यक्तिलाई सुरक्षाकर्मीले सम्झाई बुझाई पठाएको उहाँले बताउनुभयो । 

यही सामान्य विषयलाई अतिरञ्जित गरी केही सञ्चारमाध्यमले समाचारसमेत प्रकाशित गरेकामा सचिवालयको गम्भीर ध्यानाकर्षण भएको उहाँले बताउनुभयो । जनयुद्ध र योद्धाको समेत अपमान हुने गरी कपोलकल्पित र भ्रमित तवरले प्रकाशित समाचारप्रति विश्वास नगर्न सबैमा आग्रह गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले पनि दाहालको दुईदिने चितवन बसाईका क्रममा कुनै किसिमको अभद्र व्यवहार नभएको स्पष्ट पारेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण