२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कंचनपुर जिल्ला प्रहरी कार्यालयको दादागिरी: सुचना लुकाउदै प्रहरीका हाकिम साब !

९ मंसिर २०७५, आईतवार १०:४२

भाष्कर के.सी. | मङ्सिर ९, कञ्चनपुर | असोज ३ गते भीनपा वार्ड ६ बनगाँउ बस्ने दिप चन्द  र अर्को  छिमेकी चक्र बहादुर चन्द  विच आपसि बिवाद भै जिल्ला प्रहरी कार्यालय कचनपुरमा मिलापत्र भएको थियो । सो मिलापत्र भै सकेपछि दिप चन्दले असोज ४ गते मिलापत्रको प्रतिलिपी सुचना उपलब्ध गराइ दिनभनी जिप्रका कंचनपुरमा निवेदन दिए, जिल्ला प्रहरी कार्यालयले ठाडो उजुरी दर्ता नं. ५३२ का रुपमा निवेदन बुझयो तर प्रतिलिपि दिएन किन दिएन भनेर सोद्धा निवेदनमा प्रक्रिया नपुगेकोले पुनः दिन लगाइयो तर दोस्रो निवेदन  जिल्ला प्रहरी कार्यालयले दर्ता नै गर्न मानेन् त्यसपछी चन्द प्रहरी प्रधानकार्यालय समेत पुगे प्रधान कार्यालयले जिल्लामा जानुस पाउनु हुन्छ भनेर फिर्ता पठायो ।

यति गर्दा पनि प्रतिलिपी नपाएपछि चन्द सुचना आयेगमा पुगे सुचना आयोगमा ८८१/०७५/७६/२८ नम्बरमा निवेदन दर्ता गरे । सुचना आयोगले जिल्ला प्रहरीकार्यालयलाई ताकेता गर्यो  । तर पनि सुचना दिन जिल्ला प्रहरी कञ्चनपुरले  आनाकानी गरीरहेको छ ।

केही दिन अगाडी सुदर दर्पण पत्रीकाले जिल्ला प्रहरी कार्यालयले किन सुचना लुकाएको भनि जिल्ला प्रहरी प्रमुख एस पि कुवेर कडायत लाई सोद्धा चन्द सम्र्पकमा नआएको सम्पर्कमा आए सुचना दिने बताएका थिए । त्यसपछी चन्द आपसि सहमतीको प्रतिलिपि माग्न कयो पटक जिप्रका पुगे तर प्रहरीले कहिले एस.पी, डिएसपी त कहिले फाँटमा भेट्ने भन्दै, मिलापत्रको प्रतिलिपी दिन आनाकानी गरिरहेको छ । 


जिल्ला प्रहरी प्रवक्ता कृष्ण राज ओझा लाई सम्पर्क गरि मागेको सुचना किन दिनु भएन भनेर सोद्दा सहमति भयो कि भएन  मलाइ थाहा छैन,  सहमती भएको भए अद्दा अदालतमा मुद्धा चलेमा मात्रै दिन यसरी सरकारी कागजात हात हातमा दिन मिल्दैन भने । सुचना आयोगले, राष्ट्रिय हितलाई खल्बल्याउने,  अपराधी पत्ता लगाउन बाधा पुग्ने, कानुन सम्मत व्यावसायीक प्रतिस्पधामा हस्तक्षेप हुने,  जातीय सम्प्रदायीक झगडा हुने र गोपनीयताको अतिक्रमण हुने बाहेकका सुचना दिन मिल्ने भनी प्रष्ट किटान गरेको अवस्था छ तर पनी जिल्ला प्रहरी कार्यालय कंचनपुरले यस बहेकका सुचना दिन मान्दैन, जुन आपसी पडोसि विच भएको  मिलापत्रको प्रतिलिपि पनि दिन मान्दैन् । पिडित दिपचन्दले भने यदि सुचना दिन नमल्निे भए मैले दिएको निवेदन उपर कार्वाही गरी दिपचन्द लाई यति कारणले प्रतिलिपि दिन सकिदैन भनेर जिप्रकाले लेखेर दिनु पर्ने थियो तर प्रहरीले त्यो पनि दिन नमानेकोले आफु   प्रहरी प्रति ससंकित भएको बताए ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो