२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

निर्मला हत्या प्रकरण: आज ४ महिना पुरा, धर्ना कार्यक्रममा डा के.सीको पनि एकवद्धता

२०७५, ११ मंसिर मंगलवार १४:१३

भास्कर के.सी | मङ्सिर ११, कञ्चनपुर | निर्मला पन्तको बलत्कार पछि भएको हत्या काण्ड आज ४ महिना पुरा भएको छ । तर हत्यारा अहिले सम्म पनि पत्ता लाग्न सकेको छैन । 

निर्मलाको आमा बुवाले छोरीको न्यायको लागि भन्दै कञ्चनपुर जिल्ला प्रशासनको अगाडि अनिश्चितकालिन धर्नामा बस्दै आईरहेका छन् । अहिले निर्मला पन्तको बुवाको मानसिक स्थिती खराब भएका कारण उपचारको लागि काठमाडौ टिचिङ्ग अस्पतालमा छन् । जहाँ उनको उपचार भई रहेको छ भने निर्मलाको आमा पनि उनै सँग काठमाडौमा छिन् तर श्रीमानले शुरु गरेको अनसनलाई उनकी कान्छी श्रीमतिले निरन्तरता दिएकी छन् ।

उक्त अनसनमा आफ्नो पनि एकबद्धता जनाउन डा.गोबिन्द के.सी. काठमाण्डौंबाट कञ्चनपुर धर्ना स्थलमा पुगी आफनो एकबद्धता जनाएका छन् । 


अहिलेको सरकार बहिरो, निरंकुश भएको छ । आज ४ महिना पुरा हुदाँ पनि बलात्कारी हत्याराको कुनै अत्तोपत्तो छैन् । राज्यपक्ष कानमा तेल हालेर बसेको छ । अपराधीको परिवेश हेरर लुकाईएको छ । देशका सम्पूर्ण नागरिक निर्मलाको पक्षमा छन् । जब देशका सम्पुर्ण जनता उठ्छन । त्यसबेला सरकारको के हालत हुन्छ ? अपराधी अपराध गरेर बस्छ सरकार मुक दर्शक भएर हेरको छ । प्रमाण लुकाउने सबैलाई जेलमा हाल्नु पर्छ जेलमा जाने वित्तिकै सकै कुरा सामने आउने, उनले बताए । 

बझाङ्गमा स्वास्थ्य शिविरिको कार्यक्रम रहेकोले आजै आफु बझाङ्ग जान लागेको साथै आफुले सरकारलाई पुस १ गते सम्म केही माग राखेर समय दिएको अन्यथा पुस २ गते बाट आफु पनि अनसनमा बस्ने बताए ।

मलाई अरु केही चाहिदैन मेरो छोरीलाई न्याय देउः कान्छीआमा लक्ष्मी पन्त


कान्छीआमा लक्ष्मी पन्तले आफु छोरीको न्यायको लागि लडदै आईरको बताइन । आफुलाई सरकार र विभिन्न ठाउँबाट आएको सहयोग राशिको कुनै लोभ नभएको बताईन । हामीले नै छोरी गुमाउनु पर्ने हामीले नै विभिन्न किसिमका लाछना सहनु पर्ने ? आफु रहले यो मंसिर महिनाको सितलहरमा नबसेर एउटा बुवा छोरीको लागि न्यायको आसमा धर्नामा बसेको बेला मानसिक सन्तुलन गुमाएर उपचारमा गएको बेला कसरी उनले शुरुगरेको धर्ना कार्यक्रमलाई चटट् छोडेर जान सक्छु ? भोली उनी निको भएर आएर मेरो पो मानसिक अवस्था खलबल भएको थियो, तेरो त भएको थिएन नि ? भने म के जवाफ दिउला ? छोरीको पिडा पनि सहुन हामीले जथाभावी कुरा पनि सहुन हामीले छोरी गुमाइ सक्यो एउटा साहरा भनेको श्रीमान हो । त्यसलाई पनि गुमाए पछि हाम्रो जिवन के हुने हो । मेरो छोरीलाई न्याय देउ अरु केही पनि मलाई चाहिदैन । मेरो चरित्र हत्या गर्न खोजेको छ, मैले राम्रो गर्दा पनि सौतेनी आमा भनेको छ । मैले नराम्रो गर्दा पनि सौतेनी आमा भनेको छ । म ठेला चलाएर आफ्नो गुजारा गर्ने मान्छे हु । मलाई अरु केही चाहिदैन मेरो छोरीलाई न्याय देउ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस