२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१६ वर्षीय युवती मृत अवस्थामा फेला, ज्याकेट र जुत्ता निर्माणाधिन घरभित्र भेटियो

२०७५, १४ मंसिर शुक्रबार ०६:२६

मङि्सर १४, टीकापुर । कैलालीको टीकापुर नगरपालिका १ ब्लक नं १६ स्थित देवु राइस मिल नजिकै एक किशोरी मृत अवस्थामा फेला परेकी छन् । मृतक किशोरी  सोही ठाउँकी १६ वर्षीय पूजा रावलको भएको प्रहरीले जनाएको छ।


शव निर्माणाधीन एक घरको चौरमा घोप्टो परेको अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। निर्माणाधिन घरको कोठामा उनको ज्याकेट र जुत्ता फेला परेको प्रहरीले बताएको छ । 

सोही घरभित्र दुई ठाउँमा वान्ता गरेको, एक ठाउँमा दिसा गरेको पाइएको इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी शिवबहादुर सिँहले जानकारी दिए। उनले ज्याकेटको खल्तीमा कालो पोलेथिनमा बेरेर राखेको अवस्थामा एकथान सल्फास जस्तै विषादी भेटिएको बताए ।

प्रहरीले घटनास्थलमै स्थानीयको रोहबरमा शवको जाँच गरेको थियो। जाँचका क्रममा शरीरको कुनैपनि ठाउँमा चोटपटक नभेटिएको प्रहरीको भनाई छ। डिएसपी सिँहले पोष्टमार्टम पछि मात्रै घटनाका बारेमा केही तथ्य पत्ता लाग्ने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस