२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

निर्मलाको फोटोसहितको तस्बिर टाँस्ने ९ महिलासहित १२ जना माइतीघरबाट पक्राउ

२०७५, १४ मंसिर शुक्रबार ११:०६

मङ्सिर १४, काठमाडौं । कञ्चनपुरकी १४ वर्षीया किशोरी निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न माग गर्दै निर्मलासहितको तस्बिर टाँस्न खोज्ने १२ जनालाई काठमाडौंको माइतीघर मण्डलाबाट पक्राउ परेका छन् । शुक्रबार दिउँसो माइतीघर मण्डलामा निर्मलाको तस्बिरसहितको पोष्टर टाँस्न खोज्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 


पक्राउ पर्नेमा ३ जना पुरुष र बाँकी सबै महिला रहेका छन् । अभियनकर्ता प्रितम सुवेदी, सिर्जना विश्वकर्मा, भुवन राउत, सौरभ न्यौपाने, छवि पंगेनी, अशिना बराल, स्मृति श्रेष्ठ, दर्शन चन्द, देवीश्री पन्तलगायतलाई प्रहरीले पक्राउ गरेको हो । 

यसअघि मुलुकमा सरकार कहाँ छ ? भन्दै आलोचना भएको थियो । सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्रत्येक बिजुलीका पोलमा आफ्नो तस्बिरसहितको डिजिटल पोस्टर राख्न निर्देशन दिँदै जता हेर्‍यो त्यतै सरकार भन्ने अभिव्यक्ति दिएका थिए ।

त्यसको दोस्रो दिन दिन बुधबार केही युवाहरुले सरकारकै शैलीमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका पोस्टरहरु टाँसेका थिए । तर, बिहीबार यस कामको समर्थन गर्दै सरकारको व्यापक आलोचना भएपछि गृहमन्त्रीको निर्देशनमा प्रहरीले उक्त पोस्टरहरु हटाएको हो ।

प्रहरीले उक्त तस्बिरहरु हटाएपनि शुक्रबार फेरि विद्यार्थी तथा सामाजिक अभियन्ताहरुले पोस्टर टाँस्न थालेका थिए । त्यसलाई चुनौती दिँदै अभियानकर्ता सिर्जना विश्कर्माका अनुसार निर्मला पन्तको तस्बिरसहित ‘सरकार भेटियो, न्याय भेटिएन’ नारा लेखिएको ब्यानर बिजुलीको पोलमा टाँस्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो । 

बिजुलीको पोलमा पन्तको तस्बिर टाँस्न खोज्दा पक्राउ परेका सबै जनालाई अहिले सिंहरदबार प्रहरी वृत्तको हिरासतमा लगिएको छ । उनीहरुलाई कसैलाई भेटघाट गर्न दिइएको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस