४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ३ मा ४४५ एचआइभी सङ्क्रमितको पहिचान

१५ मंसिर २०७५, शनिबार ०२:१८

मङ्सिर १५, हेटौँडा (रासस) | प्रदेश नं ३ मा एक वर्षकै अवधिमा ४४५ जना एचआइभी एड्स सङ्क्रमित फेला परेका छन् । विश्व एड्स दिवसको पूर्वसन्ध्यामा प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । 

निर्देशनालयका जनस्वास्थ्य प्रशासक डा राजेन्द्र गिरीले सन् २०१७ मा प्रदेश नं ३ मा पुरुष २४१, महिला १८६ र तेस्रोलिङ्गी १८ जना सङ्क्रमित पहिचान भएको जानकारी दिनुभयो । अन्य प्रदेशमा भन्दा ३ नं मा एआरटी सेवन गर्ने सङ्क्रमित बढी छन् । यस प्रदेशमा चार हजार ५१२ जनाले नियमित एआरटी सेवन गरिरहेका छन् । “सन् २०१० को तुलनामा २०१७ मा ६१ प्रतिशतले सङ्क्रमण घटेको छ, ६३ प्रतिशत बच्चाहरुमा हुने सङ्क्रमणमा पनि कमी आएको छ”, जनस्वास्थ्य प्रशासक डा गिरीले भन्नुभयो, “एड्सका कारण मृत्यु हुने सङ्ख्या पनि २३ प्रतिशतले कमी आएको छ, यो हाम्रा लागि उपलब्धि हो ।” 

स्वास्थ्य निर्देशक डा यदुचन्द्र घिमिरेले सङ्क्रमण अझै घटाउँदै लैजानुका साथै महामारीलाई सन् २०३० सम्म अन्त्य गर्ने लक्ष्य रहेको बताउनुभयो । “नेपाल दिगो विकास लक्ष्यअनुरुप एचआइभी एड्स सङ्क्रमण न्यूनीकरण सबै उपाय अपनाइरहेको छ”, उहाँले भन्नुभयो, “विश्वमा एचआइभी सङ्क्रमणको दर बढ्दै गए पनि नेपालमा वर्षेनी कम हुँदै आएको छ ।” 

‘एचआइभी जाँच गराऔँ, आफ्नो अवस्था थाहा पाऔँ’ भन्ने मूल नाराका साथ यस वर्ष आज डिसेम्बर १ मा विश्व एड्स दिवस मनाइँदैछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ