२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मूल्य घटाउनु परे अण्डा नष्ट गरिने

१६ मंसिर २०७५, आईतवार १३:१९

मङ्सिर १६, चितवन (रासस) | अण्डाको मुल्य घटेपछि देशभरका लेयर्स कुखुरा पालक कृषकको भेलाले नेपाल अण्डा उत्पादक सङ्घले तोकेको मूल्यभन्दा कममा अण्डा बिक्री नगर्ने निर्णय गरेको छ । 

भेलाले मूल्य अझै घट्दै गएमा अण्डा नष्ट गर्ने तर बिक्री नगर्ने निर्णय गरेको सङ्घद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । 

अण्डाको वर्तमान बजार अवस्था सुधार गर्नका लागि उत्पादक र आन्तरिक व्यापारबीच आपसी सहमतिमा मूल्य निर्धारण गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ । यसैगरी अण्डा उत्पादक किसान राहत कोषसमेत स्थापना गर्नुपर्ने आवश्यकता महसुस गर्दै कोष स्थापनाका लागि कार्यविधि तयार गर्न समिति गठन गर्ने निर्णय गरेको छ । 

सङ्घले अण्डा व्यापारीले ढुवानी गर्दा हुन जाने नोक्सानी बेहोर्नका लागि विगत एक दशकदेखि अण्डा ढुवानी राहत कोष स्थापना गरी काम गर्दै आएका छन् । सङ्घले देशभरको प्रतिनिधित्व हुने गरी कार्यसमितिको सङ्ख्या बढाउन आगामी साधारणसभामा प्रस्ताव पेश गर्ने जिम्मा कार्यसमितिलाई दिने निर्णय गरेको छ । सङ्घले चितवनमा रहेका सदस्यबाट विसं २०६४ देखि बजार प्रवद्र्धन कोषका लागि प्रति पेटी रु एक र अण्डा ढुवानी राहत कोषवापत रु तीन उठाउँदै आएकोमा देशभरबाट नै कोषमा रकम उठाउने निर्णय गरेको छ । 

भेलाले अण्डाको मूल्य घट्नुको प्रमुख कारण उत्पादन बढी भएको भन्दै लेयर्स प्यारेन्ट आयातमा नै कटौती गर्न ह्याचरी उद्योग सङ्घलाई आग्रह गर्ने निर्णय गरेको छ । त्यसैगरी अण्डाको बजारीकरणका लागि हरेक जिल्लामा सहकारीको स्थापना गरी त्यसको अवधारणाअनुसार कामकाज गर्ने निर्णय गरेको छ । 

भेलामा देशभरका ३०० जना कृषक सहभागी भएका थिए । हाल ठूलो अण्डाको फार्म मूल्य प्रतिक्रेट रु २४० र मध्यमको रु २०० मा बिक्री हुँदै आएको छ । सङ्घका केन्द्रिय सचिव मदन पोखरेलका अनुसार किसानको लागत मूल्य प्रतिक्रेट रु २७० पर्न आउँछ । मूल्य एकोहोरो घटेपछि किसानका आपतकालीन भेला डाकिएको पोखरेलले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो