Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

गाँजासहित कतार उड्न लागेका एक युवक एयरपोर्टबाट पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>मङ्सिर २६, काठमडौँ | त्रिभुवन विमानस्थलबाट गाँजासहित एक युवक पक्राउ परेका छन् । गाँजासहित कतार उड्न लागेका युवालाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो । नेपाल एयरलाइन्सको उडानबाट कतारको दोहा उड्न लागेका मोरङको वलिगामा–४ बस्ने ३२ वर्षीय मानसिंह सरदार थारुलाई एक हजार २ सय ग्राम गाँजासहित मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।&nbsp;<br></p><p>विमानस्थलको प्रस्थान कक्षस्थित एक्सरेमा जाँच गर्ने क्रममा उक्त परिमाणका गाँजा प्लास्टिकमा पोको पारेको अवस्थामा भेटिएको विमानस्थल प्रहरीले जानकारी दिएको छ ।&nbsp;</p>