2026-08-25 06:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सोलुखुम्बुमा हेपाटाइटिस ‘बी’ को संक्रमणबाट दुईको मृत्यु

मङ्सिर २७, सोलुखुम्बु | जिल्लामा हेपाटाइटिस ‘बी’ को संक्रमणबाट अहिलेसम्म दुई जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल फाप्लुको तथ्याङ्कअनुसार हेपाटाइटिस ‘बी’ को संक्रमण भएका तीनमध्ये दुईको ज्यान गइसकेको छ । एक जना बिरामीले उपचार गराइरहेको अस्पतालका सूचना अधिकारी सानी शेर्पाले जानकारी दिनुभयो । 

सोलु हेल्थकेयर सेन्टर, सोलुका डा राजेन्द्र बस्नेतका अनुसार हेपाटाइटिस ‘बी’ मानिसमा मात्र लाग्ने हेपड्ना समूहको डिएनए भाइरसबाट सर्ने रोग हो । विश्वमा ४० करोड व्यक्ति यस रोगका सिकार भइरहेको विभिन्न तथ्यहरूमा उल्लेख छ । यीमध्ये १५ देखि ४० प्रतिशत मानिस सिरोसिस वालिभर क्यान्सरबाट पीडित छन् भने कसैको अकालमा मृत्यु भइरहेको छ । 

सन् १९८० को शुरुबाट हेपाटाइटिस ‘बी’ विरुद्ध प्रभावकारी खोप कार्यक्रम थालेपछि यस रोगको महामारीमा कमी आएको बताइन्छ । यो रोग संसारभर फैलिएको चिकित्सकको भनाइ छ । प्रत्यक्ष सम्पर्कबाट यो रोग सर्ने भएकाले सतर्क रहन चिकित्सकले सुझाव दिएका छन् । यो रोग यौन सम्पर्क तथा रगतको माध्यमबाट सर्ने डा बस्नेतको भनाइ छ । 

दुई खालको हेपाटाइटिस ‘बी’ 

हेपाटाइटिस ‘बी’ रोग दुई किसिमको हुन्छ । डा बस्नेतले भन्नुभयो, “एक्युट र क्रोनिक एक्युट हेपाटाइटिस ‘बी’को ६५ प्रतिशत सङ्क्रमण सुषुप्त हुन्छ र बिरामीले आफूमा कुनै रोगको महसुस गर्दैन भने ३५ प्रतिशत सङ्क्रमितमा हेपाटाइटिस ‘ए’ जस्तै लक्षणहरू शरीर दुख्ने, घुँडा दुख्ने, अति साह्रो ज्वरो आउने, खानामा अरुचि हुने, माथिल्लो पेट फुलेर आउने, दायाँपट्टि असजिलो महसुस हुने, वाकवाकी लाग्ने, बान्ता आउने, आँखा पहेँलो हुने, आदि लक्षण देखा पर्छन् । यीमध्ये एक प्रतिशत बिरामीको एक्युट लिभर फेलियर (कलेजो बिग्रिएर) भएर मृत्यु हुन्छ । लिभर (कलेजो) क्यान्सर हुने खतरा भने ‘सी’मा भन्दा ‘बी’मा बढी देखिने चिकित्सकको भनाइ छ । 

एचआइभी एड्स सङ्क्रमित शून्य 

जिल्लामा एचआइभी एड्सका सङ्क्रमित शून्य रहेको पाइएको छ । जिल्लाको एक मात्र जिल्ला अस्पताल फाप्लुमा आजसम्म एक जना पनि एचआइभी सङ्क्रमित नभेटिएको अस्पतालका सूचना अधिकारी शेर्पाले जानकारी दिनुभयो । 

अस्पतालमा आएका हजाराँै बिरामीका लागि आउने एआरटी (एन्टिभाइरल थेरापी) पनि प्रत्येक वर्ष म्याद सकिएर फाल्नुपर्ने अवस्था रहेको सूचना अधिकारी शेर्पाको भनाइ छ । “सङ्क्रमण पत्ता लागिहालेमा अपहेलित हुने डरले रोग लुकाउने परिपाटी हुँदा रोगीले अस्पतालमा आएर सेवा नलिएको हुनसक्छ”, शेर्पाले भन्नुभयो, “जिल्लामा केही सङ्क्रमित त हुनसक्ला तर हाम्रो रेकर्डमा भने छैन ।”रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन