२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमान्लाई यस्तो चिठी लेखेर छोरा स्कुल पुर्याउन निस्केकी श्रीमती उतैबाट बेपत्ता

२०७५, २ पुष सोमबार ०८:४२

पुस २, काठमाडौं | श्रीमानलाई तीन पानाको चिठी लेखेर श्रीमती बेपत्ता भएकी छिन् | बेपत्ता हुनेमा रोल्पा नगरपालिकाकी दिलकुमारी डाँगी रहेकी छन्। मंसिर २६ गते छोरालाई स्कुल पुर्‍याउन गएकी दिलकुमारी उतैबाट वेपत्ता भएको उनका श्रीमान बखत डाँगीले बताए । दिलकुमारी जाने सम्भावना भएका माइती र आफन्तका घरमा बुझ्दा उनी गएको नपाइएको बखतले जानकारी दिए। 


६ वर्ष अगाडी प्रेम बिवाह गरेका २५ वर्षीय  बखत र २२ वर्षीया दिलकुमारी ५ वर्षका छोरा छन् । मुटुका रोगी छोराको काठमाडौंको गंगालाल हृदय रोग अस्पतालमा उपचार गराउँदै आएको बुवा बखतले जानकारी दिए। 

'सँगै बस्न र सँगै जीवन बिताउन भाग्यमा नलेखेको होला मलाई माफ गरिदिनुहोला म सबैको बोझ भएर बस्नु छैन' उनले चिठ्ठीमा  लेखेकी छन्,'सधैंभरी रमाउनु र हाँस्नु बाबुको राम्रो केयर गर्नु, बाबुले मम्मी खोइ भनेर सोधेछ भने तेरो मम्मी पैसा कमाउन गएकी छ भनिदिनु।' दिलकुमारीले चिठीमा आफू पापी भएको र आफूलाई माफ गरिदिन पटक-पटक अनुरोध गरेकी छन्। 

बखतका अनुसार केही महिनाअघि दिलकुमारीले विदेश जाने कुरा गरिरहेकी थिइन् । 'सबै ठीकै भइरहेको थियो एक्कासी कता गइन् थाहा छैन' उनी भन्छन्,'प्रहरीमा खोजिदिन उजुरी गरेको छु।'  

बखतका अनुसार श्रीमान-श्रीमतीको कुनै झै-झगडा, मनमुटाव थिएन।  विजुली वायिरङको काम गरी जीविका चलाउँदै आएका उनी एक्कासी श्रीमती गायब हुँदा  नसोचेको समस्या आइलागेको भन्दै पिरोलिन्छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू