पुस ६, ताप्लेजुङ । ताप्लेजुङमा आफ्नै श्रीमतीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
सिरिजङ्गा गाउँपालिका–२ आम्बेगुदिनस्थित २० वर्षीया युवती (श्रीमती)ले २४ वर्षीय श्रीमानबिरुद्द बलात्कारको मुद्दा दायर गरेकी थिइन् । उनले गत असोज ८ गते बलात्कार गरेको श्रीमतीको आरोप छ ।
बलात्कार आरोपपछि लुकिछिपी बसेको अवस्थामा जिल्लाकै आठराई त्रिवेणी गाउँपालिका–४ चाँगेबाट ती पुरुषलाई पक्राउ गरिएको हो । उनलाई बिहीबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
दोषी ठहर नभएसम्म आरोपितको नाम प्रहरीले गोप्य नै राखेको छ ।