2026-09-08 06:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चोरी कार्यमा संलग्न ४ युवक काठमाडौंबाट पक्राउ

पुस ६, काठमाडौँ | महानगरीय प्रहरी वृत्त महाराजगञ्जले चोरी कार्यमा संलग्न चारजनालाई पक्राउ गरेको छ । 

वृत्तको टोलीले विहीबार दिउँसो चार बजेको समयमा पानीपोखरीमा चोरी गर्ने हातहतियार झोलामा राखेर हिँडेको अवस्थामा काभ्रेपलाञ्चोकका १६ वर्षीय प्रज्वल तामाङ, रामेछापका १५ वर्षीय अनिल तामाङ, मकवानपुरका १५ वर्षीय राजीव देउला र दोलखाका १६ वर्षीय निमा तामाङलाई पक्राउ गरेको हो । 

वृत्तका प्रमुख एवं प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईँले चोरी गर्न प्रयोग हुने सामान र चोरीका सामानसहित चारजनालाई पक्राउ गरिएको जानकारी दिनुभयो । 

पक्राउ परेकासँग प्रहरीले रु ६६ हजार ५७५ नगद, ल्यापटप तीन थान, मोबाइल नौ थान, आइफोन एक थान, ढलोटको मुर्ति एक थान, सुनको औँठीजस्तो देखिने औँठी एकथान, तिलहरी एक थान, चाँदीको चुरा तीन थान, पुजाका सामाग्रीहरू, पेचकस एक थान, छिनो दुई थान, घडी एक थान, दाउ एक थान, हाते ब्याग एक थान र लुगा बोक्ने झोला दुई थान बरामद गरेको छ । 

चारजनाले चोरेर ल्याएको सामान कामनपा—१७ ढल्कुस्थित लक्ष्मीनारायण तण्डुकारको घरको दोस्रो तलामा अनिल तामाङले लुकाएर राख्ने गरेको अनुसन्धानमा खुलेको प्रसाईँले बताउनुभयो । पक्राउ परेकासँग थप अनुुसन्धान भइरहेको वृत्तले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग