२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोलबजारमा फेला परेको बम डिस्पोजः स्वतन्त्र तराई निर्माण सेनाको पर्चा भेट्यो (पर्चासहित)

२०७५, ८ पुष आईतवार ०७:०४

राम नारायण पंडित | पुष ८, सिरहा । सिरहाको गोलबजारमा फेला परेको कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ । 

गोलबजार नगरपालिका बडा नं. ४ स्थित नेपाल टेलिकमको टावर नजिक आज विहान फेला परेको बम नेपाली सेनाको श्री नयाँ गोरख गणबाट गएको बम स्पिोजल टोलीले डिस्पोज गरेका छन् । गोलबजारको मुख्य बजार क्षेत्रदेखि दक्षिणतर्फ बस्ती नजिकै पश्चिम दक्षिण तर्फ फेला परेको बम नेपाली सेनाले डिस्पोज गरेको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । 


बम भेटिएको ठाउँ नजिकै ‘स्वतन्त्र तराई निर्माण सेना’ को पर्चा भेटिएको छ । पर्चामा औपनिवेशिक शासन विरुद्धको तराई मुक्ति आन्दोलनले पहिलो दशक पूरा गरी दोस्रो दशक पूरा गरेकोले त्यसका लागि हुने संघर्षलाई निरन्तरता दिन सहयोगको अपेक्षा गरिएको उलेख छ । 

घटनास्थल भन्दा सय मिटरको दूरीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले घेरा हालेर आवत–जावत बन्द गरेको थियो । बम डिस्पोजपछि बाटो सुचारु भएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस