2026-08-29 07:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

प्रेमीसंग मिलेर आफ्नै श्रीमानको हत्या गर्ने श्रीमती र प्रेमीलाई जन्मकैद

पुष–१९, सन्धिखर्क | प्रेमीसंग मिलेर आफ्नै श्रीमानको हत्या गर्ने कपिलबस्तुकी राधा घर्ति र उनका प्रेमी रमेश वि.क.लाई जन्म कैद हुने भएको छ । कपिलवस्तु निवासी ३६ वर्षीय धन बहादुर घर्ती मगरलाई ससुराली आएको बखत हत्या गरि बोरामा कुटुरो पारेर अर्घाखाँचीको डिभर्ना स्थित जंगलमा शव फाल्ने श्रीमती राधा र प्रेमी रमेशका बिरुद्ध जिल्ला अदालत अर्घाखाँचीमा परेको कर्तव्य ज्यान मुद्धाको फैसला गर्दै जिल्ला न्याधिस रामचन्द्र पौडेलले यस्तो संजाय सुनाउनु भएको हो । 

मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १ सय ७७ को २ बमोजिम उनिहरुलाई जन्म कैद र घटनामा संलग्न राधाकी आमा बसुन्धरा बस्याललाई मुलुकी अपराध संहिता ऐन २०७४ को दफा ३६,३ को ख बमोजिम ६ बर्ष कैदको फैसला सुनाइएको जिल्ला अदालत अर्घाखाँचीका श्रेष्तेदार नारायण बहादुर भट्टराईले जानकारी दिनुभएको छ ।

जिल्ला न्याधिस पौडेलको एकल इजालसबाट मृतक धन बहादुर घर्तिका नावालक दुइ छोरालाई प्रतिवादी तिनै जनाबाट जनही ५० हजार रुपैंया क्षतीपूर्ति भराउने समेत फैसला गरिएको जिल्ला अदालत अर्घाखाँचीका सुचना अधिकारी टेकराज गैरेले जानकारी दिनुभएको छ ।

बाँणगंगा ७ धैरेनीडाँडा कपिलबस्तुका ३६ वर्षीय धनबहादुर घर्ती मगर सन्धिखर्क १२ डिभर्ना बस्यालटोल स्थित ससुराली आएको बेला गत भदौ १८ गते राती उनकै श्रीमती राधा, राधाको प्रेमी रमेश वि.क. र राधाकी आमा बसुन्धरा बस्यालको संयुक्त मिलोमतोमा धन बहादुरको निर्मम तरिकाबाट हत्या गरि शवलाई बोरामा कुटुरो पारेर जंगलमा फालिएको थियो । 

मुलुकी अपराध संहिता ऐन २०७४ गत भदौ १ गतेबाट लागु भएदेखी अर्घाखाँचीमा कर्तव्य ज्यान मुदाको फैसला भएको यो नै पहिलो घटना समेत भएको जिल्ला अदालत अर्घाखाँचीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो