2026-09-19 07:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कपडा तस्करीमा नाफा नभएपछि अर्कै धन्दा !

पुस २२, विराटनगर । मोरङकी एक महिला लागुऔषध तस्करीको आरोपमा पक्राउ परेकी छन् । उनले कपडा तस्करीमा नाफा कम भएपछि औषध तस्करीमा लागेको पाइएको छ । 

मोरङको धनपालनथान गाउँपालिका ६ की ३५ वर्षीय मीना राम केही बर्षअघिसम्म भारतबाट नेपालतर्फ कपडा तस्करी गर्ने ब्यक्तीको रुपमा चिनिन्थिन् । तर कपडा तस्करीमा नाफा नभएपछि मीना लागुऔषध तस्करीमा लागेको भेटिएको हो ।

भारतको जोगवनीबाट लागुऔषध नेपाल भित्र्याएर विभिन्न ठाउँमा ‘सप्लाई’ गर्ने धन्दामा उनको संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनी शुक्रबार दिउँसो प्रहरीले विराटनगरस्थित महेन्द्र चोकबाट लागुऔषधसहित पक्राउ परेकी थिइन् । जोगवनीबाट छोटु नामले परिचित लागु औषध कारोबारीबाट लिएर आउदै गर्दा उनको साथबाट प्रहरीले लागु औषध बरामद गरेको थियो ।

रामले बोकेको झोलाबाट प्रहरीले दुई लिटर कोरेक्स हालिएको तेलको ग्यालेन सहित डाइजेल्याव ५०, नुरफिन ५०, फेनारगन ५० एम्पुल पनि बरामत गरेको थियो । लागु औषध आयात गर्दै गरेको सूचनाका आधारमा महिलालाई नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

विराटनगर ९ मा डेरा नै लिएर बस्दै आएकी रामलाई प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले पक्राउ गरेको हो । डीएसपी श्रेष्ठले मीना विरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्धा चलाउन आइतबार जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको बताए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ग्रामीण क्षेत्रमा घर भए पनि मीनाले लागूऔषधकै कारोबार सञ्चालन पतिसंग सम्बन्ध विच्छेद गरेर विराटनगरमा डेरा लिएर बसेको खुलेको हो । प्यारालाइसिसले पति अपाङ्ता बनेपछि सम्बन्ध विच्छेद गरेर उनी अलग्गै बस्दै आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई