२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा

२०७५, २५ पुष बुधबार ०७:०८

 पुस २५, पर्वत | लामो समयदेखि काठको पोल मर्मतसम्भार नहुँदा यहाँको एक सिङ्गो गाउँ विद्युतीय जोखिममा परेको छ । 

पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा परेका हुन् । सामुदायिक विद्युतीकरण उपभोक्ता समितिद्वारा झण्डै एक दशक अघि विद्युतीकरण गरिएको भए पनि काठका पोल मर्मत र परिवर्तन नगर्दा झण्डै ५०० परिवार जोखिममा परेको स्थानीयवासीले बताएका छन् । 

घर नजिकैबाट गरिएको विद्युतीकरणका पोल जीर्ण भएर ढल्न लाग्दा कतिबेला मानवीय वा पशु चौपायाको क्षति हुने हो भन्ने त्रासमा बस्नुपरेको स्थानीयवासी दीपक सापकोटाले बताउनुभयो । सम्बन्धित निकायको ध्यान जान नसक्दा भाँचिएका र जीर्ण बनेका पोल टुलुटुलु हेरेर बस्नुको विकल्प नभएको उहाँको भनाइ छ । विद्युत्का काठे पोल परिवर्तन गरेर फलामे पोल राख्नका लागि माग गरे पनि सुनुवाइ नभएको उहाँले बताउनुभयो । साविक ठूलीपोखरी गाविसको वडा नं २ मा अवस्थित जनज्योति प्राविका विद्यार्थी झनै बढी जोखिममा परेका छन् । विद्यालय हाताबाट तानिएको ‘थ्रि फेज लाइन’को पोलनै भाँचिन लागेकाले विद्यार्थी निकै त्रसित बनेका छन् । 

अब हावाहुरीको मौसम शुरु भएकोले कतिबेला पोल भाँचिएर विद्यार्थीलाई करेण्ट लाग्ने हो भन्ने त्रास बढेको स्थानीयवासी सन्तोष सुवेदीले बताउनुभयो । उहाँले यसको मर्मतका लागि तत्काल सामुदायिक विद्युतीकरण समिति वा वडा कार्यालयले ध्यान दिनुपर्ने माग गर्नुभयो । कतिपय फलामे पोल परिवर्तन गरिएका ठाउँमा पनि तार परिवर्तन नगरिएको गुनासो रहेको छ । 

पटकपटक विद्युत् प्राधिकरण र नगरपालिकामा माग गरे पनि कुनै सुनुवाइ नभएको स्थानीयवासीको गुनासो रहेको छ । यस्तै अवस्था रहने हो भने अबको चैत, वैशाखमा हावाहुरी आउँदा ठूलो दुर्घटना हुने सम्भावना रहेको स्थानीयवासी हेमराज सापकोटाले गुनासो गर्नुभयो । 

कुश्मा नगरपालिका–१२ का अध्यक्ष राजेन्द्र पौडेलले लामो समय पोल परिवर्तन नहुँदा जोखिम बढ्दै गएको बताउँदै पोल परिवर्तनका लागि नगरपालिकाले पहल गरेको बताउनुभयो । उहाँले उक्त वडामा मात्रै झण्डै २०० पोल परिवर्तन गर्नुपर्ने भएकाले त्यसको व्यवस्थापनमा लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सामुदायिक विद्युतीकरण समितिले काम गर्न नसक्दा समस्या भएको हो ।” 

यता समितिसमेत लामो समयदेखि निस्क्रिय बनेको छ । विद्युत्को नियमित आपूर्ति नगर्ने, मर्मतसम्भारमा ध्यान नदिने र समितिको आर्थिक पारदर्शिता, साधारणसभा, अधिवेशनसमेत नगरेको स्थानीयको गुनासो रहेको रहेको छ । केन्द्रीय प्रशारण लाइनको पहुँचको अभावमा समुदाय र प्रत्येक घरधुरीबाट आर्थिक सङ्कलन गरेर विद्युतीकरण गरे पनि त्यसको पारदर्शिता कायम नगरेको स्थानीयवासी हेमराज सापकोटाले बताउनुभयो । रासस |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी