२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

कार्यक्षेत्रमा हुने विभेदको अन्त्य गर्न दलित समाजको आग्रह

२७ पुष २०७५, शुक्रबार ११:२५

पुस २७, काठमाडौँ | दलित समुदायका सम्पूर्ण कर्मचारी एकजुट होऔं, कार्य क्षेत्रमा हुने सबै प्रकारका विभेदको अन्त्य गरौं भन्ने मूल नाराका साथ राष्ट्रिय दलित कर्मचारी समाज–नेपालको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । 

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)को प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनले महेन्द्र विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ । 

नवगठित कार्यसमितिको वरिष्ट उपाध्यक्षमा उदविर नेपाली, उपाध्यक्षमा गणेश नेपाली, दीपा परियार र लिलम विक, महासचिवमा शेरबहादुर बाग्चन्द, सचिवमा सुजन कुमारी बर्देवा, रमेशकुमार चर्माकार, झविन्द्र विश्वकर्मा र केबलकुमार नेपाली, कोषाध्यक्षमा जयबहादुर बिक र सहकोषाध्यक्षमा अशोककुमार राम रहनुभएको छ । 

समितिमा प्रदेश संयोजक, काठमाडौं उपत्यका, खुला सदस्य, महिला सदस्य, मधेशी दलित तथा अनुशासन कमिटी सदस्य पनि निर्वाचित गरिएको छ । 

सरकारी सेवामा रहेका दलित समुदायका कर्मचारीबीच आपसी हित, सम्बन्ध र सहयोगका लागि उक्त समाज स्थापना गरिएको अध्यक्ष महेन्द्र विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “समाजले सदस्य कर्मचारीका छोराछोरीलाई शैक्षिक सम्मान र पुरस्कार वितरण गर्दछ, दलित कर्मचारीका अधिकारका पक्षमा वकालत र बहस चलाउँछ तथा लोकसेवा आयोग तयारी कक्षा सञ्चालन गर्दछ ।” 

सम्मेलन उदघाटनका अवसरमा मन्त्री सुनारले नेपालका दलित समुदाय सदियौँदेखि उत्पीडनमा रहेकाले उनीहरूको उत्थानका लागि समाजका सबै वर्गको समान दायित्व रहेको बताउनुभयो । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ