२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

कार्यक्षेत्रमा हुने विभेदको अन्त्य गर्न दलित समाजको आग्रह

२०७५, २७ पुष शुक्रबार ११:२५

पुस २७, काठमाडौँ | दलित समुदायका सम्पूर्ण कर्मचारी एकजुट होऔं, कार्य क्षेत्रमा हुने सबै प्रकारका विभेदको अन्त्य गरौं भन्ने मूल नाराका साथ राष्ट्रिय दलित कर्मचारी समाज–नेपालको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । 

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)को प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनले महेन्द्र विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ । 

नवगठित कार्यसमितिको वरिष्ट उपाध्यक्षमा उदविर नेपाली, उपाध्यक्षमा गणेश नेपाली, दीपा परियार र लिलम विक, महासचिवमा शेरबहादुर बाग्चन्द, सचिवमा सुजन कुमारी बर्देवा, रमेशकुमार चर्माकार, झविन्द्र विश्वकर्मा र केबलकुमार नेपाली, कोषाध्यक्षमा जयबहादुर बिक र सहकोषाध्यक्षमा अशोककुमार राम रहनुभएको छ । 

समितिमा प्रदेश संयोजक, काठमाडौं उपत्यका, खुला सदस्य, महिला सदस्य, मधेशी दलित तथा अनुशासन कमिटी सदस्य पनि निर्वाचित गरिएको छ । 

सरकारी सेवामा रहेका दलित समुदायका कर्मचारीबीच आपसी हित, सम्बन्ध र सहयोगका लागि उक्त समाज स्थापना गरिएको अध्यक्ष महेन्द्र विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “समाजले सदस्य कर्मचारीका छोराछोरीलाई शैक्षिक सम्मान र पुरस्कार वितरण गर्दछ, दलित कर्मचारीका अधिकारका पक्षमा वकालत र बहस चलाउँछ तथा लोकसेवा आयोग तयारी कक्षा सञ्चालन गर्दछ ।” 

सम्मेलन उदघाटनका अवसरमा मन्त्री सुनारले नेपालका दलित समुदाय सदियौँदेखि उत्पीडनमा रहेकाले उनीहरूको उत्थानका लागि समाजका सबै वर्गको समान दायित्व रहेको बताउनुभयो । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस