२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

पाल्पाको प्रशासन कार्यालय दुई सहयोगीका भरमा

६ माघ २०७५, आईतवार ०७:५८

माघ ६, बेझाड | पाल्पाको रामपुरस्थित इलाका प्रशासन कार्यालय अहिले कार्यालय सहयोगीको भरमा चलेको छ । 

कार्यालयमा हालै पुग्दा दुई कार्यालय सहयोगीबाहेक अरु कोही पनि कर्मचारी भेटिएनन् । सेवा लिन कार्यायमा पुगेका सेवाग्राही गुनासो गर्दै फर्केका थिए । गएको पुस १५ गते कार्यालय प्रमुख मधुसुदन भट्टराई यहाँबाट सरुवा भई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएपछि अहिले उक्त कार्यालय प्रमुख विहीन बनेको हो । 

कार्यालयका निमित्त प्रमुख (सहायक कम्प्युटर अपरेटर) रामलखन बानियाँ पनि घर बिदामा बसेकाले अहिले दुई कार्यालय सहयोगीको भरमा कार्यालय चलेको छ । पूर्वी पाल्पावासीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको उक्त कार्यालयमा हाल कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । 

अहिले कार्यालय सहयोगी माधवप्रसाद न्यौपाने र शेरचन रानाले कार्यालय कुरेर बसिरहनुभएको छ । आफूहरूले दर्ता चलानी, , रजिष्टरमा लेख्नेजस्ता सामान्य काम गरी कार्यालय कुरेर बसिरहेको कार्यालय सहयोगी न्यौपानेले बताउनुभयो । 

कार्यालयका निमित्त कार्यालय प्रमुख (सहायक कम्प्युटर अपरेटर) रामलखन यादव गत पुस ३० गतेदेखि बिदामा बस्नुभएको छ । “कार्यालयमा कामकाज लिएर आएका सेवाग्रहीले सेवा नपाउँदा हामीलाई गुनासो गरेर फर्कन्छन्” उहाँले भन्नुभयो । 

कार्यालय प्रमुख नभएपछि मङ्गलबार र बुधवार जिल्ला प्रशासन कार्यालय पाल्पाबाट खटिएर आएका कर्मचारीले नागरिकता, द्रुत पासपोर्ट सेवा, जनजाति प्रमाणित, नाबालक परिचयपत्र, संस्था नवीकरणजस्तो सेवा उपलब्ध गराउँदै आएको प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालयट कर्मचारी पठाउन सक्ने अवस्था नभएकाले यसबारे माथिल्लो निकायमा जानकारी गराइएको उल्लेख गर्दै उहाँले कर्मचारी समायोजनको प्रक्रिया भइरहेका कारणले तत्काल कार्यालय प्रमुख नै आउन सक्ने अवस्था नभएको बताउनुभयो । 

यस कार्यालयबाट रामपुर नगरपालिका, निस्दी गाउँपालिकाको वडा नं १, २, ३, ४, ५, ६ र पूर्वखोला गाउँपालिकाको–१ सिलुवाका बासिन्दालाई सेवा उपलब्ध गराउँदै आएपनि कार्यालयमा कर्मचारी नै नहुँदा पटकपटक धाइरहन परेको रामपुर नगरपालिका–९ जब्गादी बस्ने यमकुमारी रिङ्जालीले बताउनुभयो । 

कार्यालय सहयोगीसहित आठ कर्मचारीको दरबन्दी छ । हाल यस कार्यालयमा दुई कार्यालय सहयोगी र एक सहायक कम्प्युट अपरेटर मात्र छन् । दैनिक पचासको हाराहारीमा सेवा लिन आउने सेवाग्राहीको चहलपहल बनेको इलाका प्रशासन कार्यालय कर्मचारी नहुँदा सुनसान बनेको छ । 

जिल्ला सदरमुकाम तानसेनदेखि झण्डै ६५ किलोमिटर पूर्वका जनतालाई सेवा दिने उद्देश्यले विसं २०६३ असार १० गते तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतले उक्त कार्यालय उद्घाटन गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ