२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

पाल्पाको प्रशासन कार्यालय दुई सहयोगीका भरमा

२०७५, ६ माघ आईतवार ०७:५८

माघ ६, बेझाड | पाल्पाको रामपुरस्थित इलाका प्रशासन कार्यालय अहिले कार्यालय सहयोगीको भरमा चलेको छ । 

कार्यालयमा हालै पुग्दा दुई कार्यालय सहयोगीबाहेक अरु कोही पनि कर्मचारी भेटिएनन् । सेवा लिन कार्यायमा पुगेका सेवाग्राही गुनासो गर्दै फर्केका थिए । गएको पुस १५ गते कार्यालय प्रमुख मधुसुदन भट्टराई यहाँबाट सरुवा भई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएपछि अहिले उक्त कार्यालय प्रमुख विहीन बनेको हो । 

कार्यालयका निमित्त प्रमुख (सहायक कम्प्युटर अपरेटर) रामलखन बानियाँ पनि घर बिदामा बसेकाले अहिले दुई कार्यालय सहयोगीको भरमा कार्यालय चलेको छ । पूर्वी पाल्पावासीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको उक्त कार्यालयमा हाल कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । 

अहिले कार्यालय सहयोगी माधवप्रसाद न्यौपाने र शेरचन रानाले कार्यालय कुरेर बसिरहनुभएको छ । आफूहरूले दर्ता चलानी, , रजिष्टरमा लेख्नेजस्ता सामान्य काम गरी कार्यालय कुरेर बसिरहेको कार्यालय सहयोगी न्यौपानेले बताउनुभयो । 

कार्यालयका निमित्त कार्यालय प्रमुख (सहायक कम्प्युटर अपरेटर) रामलखन यादव गत पुस ३० गतेदेखि बिदामा बस्नुभएको छ । “कार्यालयमा कामकाज लिएर आएका सेवाग्रहीले सेवा नपाउँदा हामीलाई गुनासो गरेर फर्कन्छन्” उहाँले भन्नुभयो । 

कार्यालय प्रमुख नभएपछि मङ्गलबार र बुधवार जिल्ला प्रशासन कार्यालय पाल्पाबाट खटिएर आएका कर्मचारीले नागरिकता, द्रुत पासपोर्ट सेवा, जनजाति प्रमाणित, नाबालक परिचयपत्र, संस्था नवीकरणजस्तो सेवा उपलब्ध गराउँदै आएको प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालयट कर्मचारी पठाउन सक्ने अवस्था नभएकाले यसबारे माथिल्लो निकायमा जानकारी गराइएको उल्लेख गर्दै उहाँले कर्मचारी समायोजनको प्रक्रिया भइरहेका कारणले तत्काल कार्यालय प्रमुख नै आउन सक्ने अवस्था नभएको बताउनुभयो । 

यस कार्यालयबाट रामपुर नगरपालिका, निस्दी गाउँपालिकाको वडा नं १, २, ३, ४, ५, ६ र पूर्वखोला गाउँपालिकाको–१ सिलुवाका बासिन्दालाई सेवा उपलब्ध गराउँदै आएपनि कार्यालयमा कर्मचारी नै नहुँदा पटकपटक धाइरहन परेको रामपुर नगरपालिका–९ जब्गादी बस्ने यमकुमारी रिङ्जालीले बताउनुभयो । 

कार्यालय सहयोगीसहित आठ कर्मचारीको दरबन्दी छ । हाल यस कार्यालयमा दुई कार्यालय सहयोगी र एक सहायक कम्प्युट अपरेटर मात्र छन् । दैनिक पचासको हाराहारीमा सेवा लिन आउने सेवाग्राहीको चहलपहल बनेको इलाका प्रशासन कार्यालय कर्मचारी नहुँदा सुनसान बनेको छ । 

जिल्ला सदरमुकाम तानसेनदेखि झण्डै ६५ किलोमिटर पूर्वका जनतालाई सेवा दिने उद्देश्यले विसं २०६३ असार १० गते तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतले उक्त कार्यालय उद्घाटन गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी