२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

१२ माघ २०७५, शनिबार ०१:४६

माघ १२, दमौली | व्यास नगरपालिका–१३ बेलवासमा गए राति ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा गुल्मी साविक फोक्सिङ गाविस–५ का २२ वर्षीय सूर्य नेपाली रहेका छन् । कोइदिमबाट दमौलीतर्फ आउँदै गरेको ग१त ४६७१ नंको ट्याक्टरबाट खस्दा सोही ट्याक्टरले किचेर नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेका छन् भने नेपालीको शव दमौली अस्पतालमा राखिएको छ । 

त्यसैगरी मोबाइल चार्जमा राखेर भिडियो हेर्दा करेन्ट लागेर तनहुँमा गएराति एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा रिसिङ गाउँपालिका–१ सेटाङका २० वर्षीया मीरा थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहँुले जनाएको छ । 

अबिरल वर्षासँगै चट्याङ पर्दा करेन्ट लागेर गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य