2026-09-19 01:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘युवालाई विदेश पलायन रोक्नु चुनौती’

माघ १४, दमक (रासस) | प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले देशको समृद्धि र विकासमा युवा शक्तिको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । 

झापाका उत्कृष्ट पाँच युवालाई आज सम्मान गर्दै उहाँले युवाको सीप र दक्षतालाई देशमा नै लगानी गर्न युवाहरु स्वयं लाग्नुपर्ने बताउनुभयो । शिक्षा र सीपमा युवालाई आकर्षित गरी युवाको बढ्दो विदेश पलायनलाई निरुत्साहित गर्न प्रदेश सरकार गम्भीर रहेको उहाँको भनाइ थियो । अध्ययन र रोजगारीका लागि युवा विदेशिने क्रममा नरोकिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “दक्ष युवाहरुलाई देशमै रोजगारीका अवसर सृजना गर्न सरकार प्रयत्नशील छ ।” 

युथ एक्सन नेपालले जिल्लाका विभिन्न पेशा–व्यवसाय र सामाजिक क्षेत्रमा उत्कृष्ट युवालाई छनोट गरी रु १० हजारसहित सम्मान गरेको हो । यसरी पुरस्कृत हुनेमा अपाङ्गता भएकाको क्षेत्रमा क्रियाशील मदनकुमार बोहोरा, दमकस्थित रत्न ज्येष्ठ नागरिक आश्रम सञ्चालन गर्ने रीता सुनुवार, दमक पब्लिक लाइब्रेरीका युवा संयोजक दधिराम ढकाल, पुष्प व्यवसायमा महिलालाई आकर्षित गर्ने महिला उद्यमी सङ्घ झापाकी अध्यक्ष गोमा भट्टराई र सुपारीको पातबाट थाल, प्लेट उत्पादन गर्ने हरी दाहाल हुनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो