२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धारीलो हतियार प्रयोग गरी एक महिलाको विभत्स हत्या

२०७५, १५ माघ मंगलवार ०५:५६

माघ १५, चितवन | पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारमा गए राति धारीलो हतियार प्रयोग गरी एक महिलाको हत्या भएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या हुनेमा स्थानीयवासी अन्दाजी ५२ वर्षीया रुपा थापा रहेकी छन् । सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले घटनाको विवरण प्राप्त भएसँगै प्रहरी नायब उपरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पठाइएको बताउनुभयो । प्रारम्भिक विवरणमा थापाको हत्या भएको जनाइएको भए पनि विस्तृत विवरण आइनसकेको उहाँले बताउनुभयो । 

प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले घटनाको वास्तविक विवरण आउन बाँकी रहेको बताउनुभयो । घटनाको अनुसन्धानका लागि कुकुरसहित आफूसमेत जाँदै गरेको उहाँले बताउनुभयो । घटनास्थलमा रहनुभएकी राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले रातिमा हतियारले घोचेर हत्या गरिएको बताउनुभयो । घरमा १४ वर्षीय बालकसँगै रहेकी थापाको क्रुरुरतापूर्वक हत्या गरिएको छ । परिवारका अन्य सदस्य घरमा नरहेको बेला घटना भएको हो । सँगै रहेका बालक भने सकुशल छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण