Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

लागुऔषधसहित २ जना नागढुङ्गाबाट पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>माघ १५, काठमाडौँ | महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।&nbsp;<br></p><p>प्रभागको टोलीले सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ना७ख ७०७३ नंको बस र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना७ख ५११३ नंको बस जाँचका क्रममा महोत्तरीका १९ वर्षीय प्रविणकुमार पाण्डे र मकवानपुरका ३० वर्षीय विकास भोलनलाई आज दिउँसो पक्राउ गरेको हो ।&nbsp;</p><p>प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले छुट्टाछुट्टै सवारी जाँचका क्रममा पाण्डेसँग ६०० ट्याब्लेट नाइट्राभेट र भोलनसँग ९० एम्पुल नुर्फिन, ९० एम्पुल फेनार्गन र ९० एम्पुल डाइजेल्याब बरामद गरिएको जानकारी दिनुभयो । पक्राउ परेका दुवैलाई अनुसन्धानका लागि महानगरीय प्रहरीवृत्त थानकोट पठाएको छ ।</p>