२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

११ वर्षीया बालिकालाई बलात्कार गरि जलाउने अभियुक्त पक्राउ, यसरी भएको थियो घटना

७ फाल्गुन २०७५, मंगलवार ०७:५५

फागुन ७, काठमाडौं । धनुषामा ११ वर्षीया बालिकालाई बलात्कार गरेर जलाउने मुख्य अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा निरज जर्घामगर (हाम्ली डन) रहेको प्रहरीले जनाएको छ । जर्घामगरलाई जिल्ला प्रहरी कार्यालय धनुषा र २ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो । धनुषाको 

गत फागुन २ गते विहान मिथिला नपरपालिका–३ मगर टोलस्थित उखुबारीमा स्थानीय ११ वर्षीया बालिका दुतिया रसाईलीको शव उखुबारीमा नग्न अवस्थामा जलाएर छाडिएको अवस्थामा फेला परेको थियो । 

प्रहरीका अनुसार स्थानीय इन्द्र बुर्जा मगरको छोरीको बिहेभोजमा गएकी बालिका दुतियालाई निरजले बलात्कारपछि घाँटी थिचि हत्या गरेर जलाएका थिए ।  

धनुषाको बटेश्वर–४ बैगाली टोल बस्दै आएका निरज जर्गामगरलाई सोमबार प्रहरीले धनुषाको बिदेह नगरपलिका–२ दुहबीटोलबाट पक्राउ गरेको हो ।  २२ वर्षीय जर्गामगर हाउस पेन्ट, खसाली तथा लेवर काम गर्दै आएका थिए । 

गाउँमा भएको बिहेभोज सकिएपछि गाउँलेहरु नाचगानमा लागेको बेला निरज जर्गामगरले दुतिया रसाईलीलाई चाउचाउ र फ्रुटी खुवाएर फकाएको प्रहरीसमक्ष प्रारम्भिक बयान दिएका छन् ।

बोल्न नसक्ने दुतियालाई बलात्कार गरेको पोल खुल्ने डरले हत्या गरेपछि प्रमाण नष्ट गर्न फेली जलाउने सम्मको हर्कत गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार निरजले शवमाथि उखुको सुकेको पात, बालिकाको कपडा र चप्पल राखेर लाईटरले आगो लगाएका थिए । 

अभियुक्त निरज जर्गामगर यसअघि विभिन्न चोरीका घट्नामन संलग्न रहेका थिए । प्रहरीका अनुसार निरज लागूऔषध सेवनकर्ता समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य