२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेशसभासद्लाई विकासका नायक बन्न प्रधानमन्त्रीको आग्रह

२०७५, ८ फाल्गुन बुधबार ०९:५३

फागुन ८, धनगढी | प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभा सदस्य विकासका नायक, अभियानकमी र जनताको उच्चतम आकाङ्क्षाका प्रतिविम्ब बन्नुपर्ने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेशसभालाई आज सम्बोधन गर्दैै उहाँले सुुदूरपश्चिमलाइ छुट्याइएको बजेट सही ठाउँमा खर्च भए नभएको निगरानी गरिदिन प्रदेशसभासद्लाई आग्रह गर्नुभयो । सङ्घीय सरकार र मातहतका कार्यालयबाट सुदूरपश्चिम प्रदेशलाई चालू आर्थिक वर्षमा रु २८ अर्ब ८४ करोड छुटयाइएको छ । 

उहाँले पहिलो वर्ष कानून निर्माण, कर्मचारी, कार्यालय व्यवस्थापन र नेपालको भविष्यको बाटो तय गर्ने आधार वर्षका रुपमा बितेको र अब जनता आवश्यक शिक्षा, स्वास्थ्य, आवास, लुगा, खानाजस्ता कुरा धेरै वर्ष कुरेर बस्न नसक्ने भएकाले तीनै तहका सरकार मिलेर विकासका काम अघि बढाउनुपर्ने बताउनुभयो । “सुदूरपश्चिममा पर्वतारोहण, पदयात्रा, मन्दिर–तीर्थस्थल, शुक्लाफाँटा आरक्ष आदिमा पर्यटकको आकर्षण छ । महाकाली, कर्णाली र सेती नदीबाट विद्युत् र सिँचाइको सम्भावना छ”, प्रधानमन्त्रीले भन्नुभयो, “औद्योगिक क्षेत्र स्थापना भएपछि लगानीकर्ता पैसा, प्रविधि र मेसिन लिएर त आउनेछन् तर जग्गाको सहजता मिलाइदिनुहोला ।” 

सुदूरपश्चिम प्रदेशमा खान लाउन नपुग्ने कुनै कारण नभएको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, “तीव्र विकासको सम्भावना तपार्इंकै हातमा छ, यहाँ सम्भावना भएको केराखेती, फलफूलखेती बढाऔं, कृषि वन विकास गरौंँ, त्यसलाई बढाऔंँ फलफूलको उत्पादन निर्यात गर्न सकिन्छ, कानूनी जटिलता फुकाउन र आवश्यक बजेट व्यवस्था गर्न स्थिर सङ्घीय सरकार तपाईँको साथमा छ ।” प्रधानमन्त्री ओलीले महाकालीबाट आवश्यक मात्रामा पानी लिने र दोधारा चाँदनीका लागि आवश्यक १० क्यूसेक पानी लिने कुरा अघि बढिरहेको तर पञ्चेश्वर परियोजनाका विषयमा छिमेकबाट औपचारिक रुपमा ‘हुन्छ हुन्छ’ भन्ने तर अनौपचारिक रुपमा नाफाघाटाको कुरा आइरहेकाले ढिलासुस्ती भइरहेको बताउनुभयो । 

प्रधानमन्त्री ओलीले सुदूरपश्चिममा छरिएर रहेका बस्तीमा विकास पुर्याउनु चुनौतीपूर्ण भएकाले एकीकृत गरेर ससाना बजार विस्तार गर्न सुझाव दिनुभयो । सुदूरपश्चिममा कुप्रथाका रुपमा रहेको छाउपडी प्रथा हटाउन विशेष अभियानै चलाउनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो,“समस्या छ छाउपडी हटाऊ भन्दा नमान्ने दिदीबहिनी र दाजुभाइ धेरै छन् । अभियानै चालाएर अन्त्य गरौंँ ।” 

प्रधानमन्त्री ओलीले आउँदो शैैक्षिक सत्रदेखि कुनै पनि बालबालिका विद्यालयभन्दा बाहिर रहन नहुने बताउँदै निर्मला पन्त बलात्कार पछिको हत्या काण्डका अपराधी पत्ता लगाउन सरकारले अधिकतम प्रयास गरिरहे पनि पत्ता लाग्न नसक्नु दुःखद हो भन्दै पत्ता लगाएरै छाडिने बताउनुभयो । 

सुदूरपश्चिम प्रदेशसभालाई करीब दुई घण्टा सम्बोधन गर्नुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, “युद्धका घाउ र असर छन् सरकार त्यसमा मलमपट्टी लगाउन र पीडितलाई अधिकतम न्याय दिन लागेको छ तर घाउ कोट्यायाएर शान्ति हुन नदिने प्रयास हुँदैछ, हिंसा भड्काएर द्वन्द्व व्यवस्थापनको खेतीपाती हुन दिनुहुँदैन, अब क्रान्तिका नाममा कुनै लफ्फाजीको काम छैन, जनतामा आतङ्क फैलाउने, विकास आयोजना अवरोध गर्ने काम हुनुहुँदैन, नेपालमा शान्ति भएको छैन भनेर गलत सन्देश दिने प्रयास पनि गर्नुहँुदैन ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला