२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सातै प्रदेशको रोजगार संयोजकको नतिजा प्रकाशित, प्रदेश न ३ बाट को-को छानिए ?

२०७५, १३ फाल्गुन सोमबार १३:३९

फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ। 

मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजकको न्यूनतम योग्यता र मापदण्ड पुगेका २ हजार २ सय ६२ जनाको प्रारम्भिक सूची माघ २८ गते प्रकाशन गरेको थियो । प्रारम्भिक सूचीमा रहेका २ हजार २ सय ६२ परीक्षार्थीको शनिवार र आइतबार कम्प्युटर सीपमा आधारित परीक्षा लिइएको थियो ।  सो परीक्षामा उत्तिर्ण हुन ५० पूर्णाङ्कमा कम्तीमा २५ अंक प्राप्त गरेकाहरुको योग्यताक्रम अनुसार नाम प्रकाशित गरिएको छ। 

अन्तिम छनौटमा परेका उम्मेदवारहरूलाई योग्यताक्रम अनुरूप आफुले रोजेको स्थानीय तहमा काम गर्ने छनौटको अवसर दिई सात दिनभित्र करार सम्झौता गरी तोकिए बमोजिमको जिम्मेवारी बहन गर्न सम्बन्धित स्थानीय तह (नगरपालिका र गाँउपालिका) मा खटाईने व्यवस्था मिलाईएको छ। 

योग्य र सीपयुक्त कर्मचारीलाई शतप्रतिशत निष्पक्ष र पारदर्शी तरिकाले भर्ना गर्नको लागि पहिलो पटक पूर्णतः विद्युतीय भर्ना प्रणाली अवलम्बन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  रोजगार संयोजकको छनौटका लागि श्रम मन्त्रालयका सचिवको संयोजकत्वमा लोक सेवा आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरूको प्रतिनिधित्व भएको एउटा पदपूर्ति निर्देशक समितिको गठन गरिएको थियो। त्यसैगरी प्रदेशगत रूपमा आवेदन माग गरिएकोले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिवज्यूहरूको संयोजकत्वमा मापदण्ड बमोजिमको प्रदेशगत छनौट समिति समेत गठन गरी छनौट प्रक्रिया सम्पन्न गरिएको थियो । 

छनौट भएका उम्मेदवारहरूले शिघ्र यस मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रममा सम्पर्क राख्नु हुन जानकारी गराईएको छ। विद्युतीय भर्ना प्रणालीबाट छनौट भएका तथा अन्य प्रतिस्प्रर्धी उम्मेदवारहरूले प्राप्त गरेको अंक देखिने गरी विस्तृत जानकारीको विवरण प्रधानमन्त्री रोजगार कार्यक्रमको वेवसाईटमा उपलब्ध गराईएको छ ।

प्रदेशगतरूपमा रोजगार संयोजकको पदको माग संख्या, आवेदकको संख्या, प्रारम्भिकसूचीमा समावेश संख्या, कम्प्युटर सीप परिक्षणको परीक्षामासहभागी संख्यार छनौट भएका रोजगार संयोजकहरूको संख्या देहाय बमोजिम रहेको छ । 


प्रदेश ३ को Section Officer को नतिजा हेर्नुहोस्

प्रदेश ३ को Nayab Subba को नतिजा हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस