Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित ७ जनाको मृत्यु (नामावलीसहित)

By kit 3 मिनेट पढाइ

फाल्गुन १५, ताप्लेजुङ । ताप्लेजुङमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको मृत्यु भएको छ । ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा अवस्थित सिस्ने खोलामा हेलिकप्टर दुर्घटनामा परेको हो । संघीय प्रहरी इकाइ धरानका एसएसपी शरद खत्रीका अनुसार दुर्घटनामा परेका सबै सातजनाकै निधन भएको हो ।

दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीसहित यति एयरलाइन्स अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, नेपाल नागरिक उड्न प्राधिकरणका इन्जिनियर धुब्रदास भोछिभया र हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले ज्यान गुमाएका छन् ।

मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दीर दर्शन गरेर तेह्रथुमको अठराई गाउँपालिकामा रहेको चुहानडाँडा एयरपोर्ट निरीक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको हो ।

कल साइन एएमआई (अल्फा माइक इन्डिना) कल साइन भएको उक्त हेलिकप्ट काठमाडौंबाट बुधवार बिहान ८:३० बजे उडेको थियो ।