२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामाजिक जागरण आवश्यक: गृहमन्त्री थापा

१८ फाल्गुन २०७५, शनिबार ००:१७

फागुन १८, भक्तपुर | गृहमन्त्री रामबहादुर थापाले सुखी नेपाली र समृद्ध नेपालको अभियान साकार पार्न सामाजिक जागरण आवश्यक रहेको बताउनुभएको छ । 

आज चौथो नेपाल लायन्स महोत्सव(फेस्टिबल) भक्तपुरको उद्घाटन गर्दै उहाँले राजनीतिक परिवर्तनपछि समृद्धि र विकासका लागि सामाजिक जागरण आवश्यक रहेको बताउनुभएको हो । 

लायन्स क्लबले सामाजिक कार्यमार्फत युवालाई देशको समृद्धि, व्यक्तित्व विकास र सामाजिक कार्यमा संलग्न गर्दै आएको आफूले पाएको बताउँदै उहाँले युवाका माध्यमबाट नै शान्ति र समृद्धि सम्भव भएको उल्लेख गर्नुभयो । 

आन्तरिक पर्यटन प्रबद्र्धनमा टेवा पुर्याउने लक्ष्यका साथ शुरु भएको महोत्सवमा देशभरका हजारांै लायन्स सदस्य र गैरलायन्सका व्यक्तिको सहभागिता रहेको संयोजक नवीन प्रजापतिले जानकारी दिनुभयो । 

महोत्सवमा भक्तपुरको पहिचान बोकेका कला, संस्कृति, परम्परागत नृत्य तथा पहिरन प्रस्तुत गरिएको छभने काठमाडौँ रङ्गशालाबाट सडक सुरक्षाको नारासहित कार ¥यालीको समेत आयोजना गरिएको छ । 

महोत्सवमा भक्तपुरको सांस्कृतिक झाँकी, नृत्य, माटोको भाँडा बनाउने, परम्परागत कपडा बुन्ने, नेवारीलगायत परम्परागत खानाको स्टल, जुजु धाँै, चर्चितगायक गायिकाको प्रस्तुति, विभिन्न खेललगायतका करीब ६० वटा स्टल रहेको छ । यहाँ प्रतियोगितात्मक एवं मनोरञ्जनात्मक खेल आयोजना गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य